गत चैत्र २३ बाट बन्यो खास योग : बिहिबारबाट चम्कियो यी राशिका भाग्य, बैशाख १९ गतेसम्म शुभ छ समय

काठमाडौँ : – गत चैत्र २३ गते बिहिबार हनुमान जयन्तीको दिन शुक्र ग्रह मेष राशिमा गोचर गरेको छ। यो गोचर केही राशिका लागि लाभकारी सिद्ध हुनेछ। बिहिबारबाट यी राशि हुनेहरुको भाग्य खुल्नेछ। उनीहरुका सबै दु:खहरू हट्नेछन्। तपाईले एकपछि अर्को धेरै फाइदाहरू पाउनुहुनेछ। यो लाभदायक समय बैशाख १९ गते मङ्गलबारसम्म रहनेछ। त्यसोभए जान्नुहोस् कुन-कुन राशिका व्यक्तिहरुलाई यसबाट सबैभन्दा बढी लाभ मिल्नेछ त।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शुक्रको गोचर मेष राशिमा भएको छ। यस्तो अवस्थामा मेष राशिका जातकले सबैभन्दा बढी लाभ प्राप्त गर्नेछन्। तपाईको भाग्य तारा चम्किनेछ। तपाईको घरमा लक्ष्मीको आगमन हुनेछ। पैसाको कुनै कमी हुनेछैन्। भाग्यको बलमा रोकिएका सबै काम सम्पन्न हुनेछन्। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। घरजग्गाको मामिलामा निर्णय तपाईको पक्षमा आउनेछ। मानिसहरु तपाईको कामको प्रशंसक बन्नेछन्। घरमा खुशीको माहोल बन्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शुक्र गोचरले मिथुन राशिका मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। नयाँ घर वा सवारी चाँडै खरिद गर्न सक्नुहुनेछ। कामको सिलसिलामा विदेश यात्राको अवसर जुर्न सक्छ। धर्म र परोपकारमा रुचि बढ्नेछ। भगवानको आशीर्वादले तपाईको घरमा सुख-समृद्धि आउनेछ। सन्तानको सुख मिल्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। पुराना सबै रोगको अन्त्य हुनेछ। व्यापार तथा जागिरमा धन लाभ हुनेछ। समाजमा मान सम्मान बढ्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका व्यक्तिहरुलाई शुक्रको गोचरबाट धेरै फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ। नयाँ व्यापार सुरु गर्न यो र आउँदो महिना उत्तम हुनेछ। अड्डा-अदालतका बाधा-अड्चनहरु चाँडै हल हुनेछ। तपाईका सबै निकट साथीभाई तथा आफन्तजन टाढिनेछन्। धनसम्बन्धी सबै समस्याहरु समाप्त हुनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। विवाहको योग बन्नेछ। समाजमा तपाईको मान सम्मान बढ्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशि हुनेहरूलाई शुक्रको गोचरबाट धेरै फाइदा हुनेछ। उनीहरुको करियरमा तीव्र उछाल आउनेछ। नोकरीमा पदोन्नति र व्यापारमा लाभ हुनेछ। कामको सिलसिलामा लामो यात्रामा जान सकिनेछ। यो यात्राले तपाईलाई आर्थिक लाभ दिनेछ। तपाईको घरमा पाहुना आउन सक्छन्। उक्त अतिथिले तपाईको धेरै समस्याको अन्त्य गर्नेछ। भगवानप्रतिको आस्था बढ्नेछ । धार्मिक यात्रामा जान सकिनेछ। स्वास्थ्यसँग सम्बन्धित सबै समस्याको अन्त्य हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शुक्र गोचरले मीन राशि भएकाहरुको जीवनमा धेरै खुशी ल्याउनेछ। करियर र शिक्षाको क्षेत्रमा ठूलो लाभ हुनेछ। प्रेमसम्बन्धका मामिलाहरु तपाइकै अनुसार हुनेछन्। अभिभावकबाट धन प्राप्त हुनेछ। शत्रुले तपाईको अगाडि हार स्वीकार गर्नेछन्। पुरानो साथीसँग भेटघाट हुनसक्छ। यो भेटले आर्थिक लाभ दिनेछ। धन आर्जनका धेरै नयाँ अवसरहरू आउनेछन्। रोकिएका पुराना काम समयमै पूरा हुनेछन्। घरमा खुशीको माहौल रहनेछ।

प्रकाशित : शुक्रबार, चैत २४, २०७९०८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मातातीर्थ औँसीको दिनदेखि यी ४ राशिका जीवनमा आउनेछ उतारचढाव, मच्चिनेछ खलबली