ऐश्वर्या राय–अभिषेक बच्चन सम्बन्ध विच्छेद गर्दै ? खबरले तीव्र रूपमा भाइरल हुँदै !

एजेन्सी- अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्ध विच्छेद हुन् लागेको खबर भारतीय सञ्चार माध्यममा भाइरल भएको छ। हालै ऐश्वर्या राय आफ्नी छोरी आराध्या बच्चनसँग अम्बानीको पार्टीमा पुगेकी थिइन्। यस क्रममा उनीसँग अभिषेक बच्चन उपस्थित थिइन्। त्यसयता सामाजिक सञ्जालमा यी स्टार जोडीले चाँडै सम्बन्ध विच्छेद गर्ने हल्ला चलिरहेको छ।


अहिलेको असमयमा बलिउड क्षेत्रमा कोही प्रेम सम्बन्धमा हुनु र कसैको बिछोडको खबर आउनु अहिले सामान्य भइसकेको छ। केही समययता बलिउडको चर्चित जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सम्बन्ध विच्छेदको हल्लाले पनि सामाजिक सञ्जालमा चर्चा पाएको छ। अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनलाई बलिउडको आइडल जोडी मानिन्छ।

अहिले दुवैको डिभोर्सको हल्लाले उनीहरूका फ्यानलाई निराश बनाएको छ। वास्तवमा, केही भारतीय मिडिया रिपोर्टहरूमा यो दाबी गरिएको छ कि उनीहरूबिच सम्बन्ध विच्छेद पनि भएको छ।

यी सबै खबरका बिच अभिनेता अभिषेक बच्चनको एउटा ट्वीट भाइरल भइरहेको छ। जसले यी सबै हल्लाको खण्डन गरेको छ। ऐश्वर्या रायका एक फ्यानले अम्बानीको पार्टीबाट ऐश्वर्या राइ र आराध्याको तस्बिर सेयर गरेका छन्। जसमा उनले दुवैलाई आफ्नो मनपर्ने अभिनेता-अभिनेत्री भएको कुरा बताएका छन्। यो तस्बिरमा कमेन्ट गर्दै अभिषेक बच्चनले उनीहरूको सम्बन्ध विच्छेदको खबर झुटो भएको बताएका छन्।

प्रकाशित : बिहिबार, चैत २३, २०७९१७:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘वार २’का लागि जुनियर एनटीआरले पाउँदैछन् यति धेरै पारिश्रमिक, ऋतिक रोशनसँग प्रतिस्पर्धा हुने!