‘वार २’का लागि जुनियर एनटीआरले पाउँदैछन् यति धेरै पारिश्रमिक, ऋतिक रोशनसँग प्रतिस्पर्धा हुने!

एजेन्सी- पछिल्लो समय बलिउड क्षेत्रको व्यापारमा निकै सुधार देखिएको छ। केही समय यता दक्षिण भारतीय फिल्म हिट भइरहँदा बलिउड फिल्म लगातार फ्लप भइरहेको थियो। बलिउड क्षेत्रमा यशराज फिल्म ब्रह्माण्ड बिस्तारै ठूलो हुँदैछ। पठानको सफलतापछि टाइगर ३ तयारी भइरहेको छ र त्यसपछि वार २ को पनि औपचारिक घोषणा गरिएको छ।

हालै एक खबर सार्वजनिक भएको छ कि ‘आरआरआर’ फिल्म अभिनेता जूनियर एनटीआर ‘वार २’ मा ऋतिक रोशनको अपोजिटमा देखिनेछन्, जसले फ्यानहरूलाई फिल्मको लागि अझ उत्साहित बनाएको छ। तर जुनियर एनटीआरले ‘वार २’ को लागि कति पारिश्रमिक लिने भएका छन्?

सबैलाई याद नै होला फिल्म ‘वार’ को पहिलो सिरिजमा ऋतिक रोशनसँगै टाइगर श्राफ मुख्य भूमिकामा देखिएका थिए र फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए। योसँगै फिल्मको सिक्वेलमा ऋतिकसँग जुनियर एनटीआर देखिनेछन् र फिल्मलाई अयान मुखर्जीले निर्देशन गर्नेछन्। अयान मुखर्जी हालै फिल्म ब्रह्मास्त्रलाई लिएर चर्चामा थिए र फिल्म हिट साबित भएको थियो।

अभिनेता जूनियर एनटीआर ‘वार २’ मा कति पारिश्रमिक लिनेछन् भन्ने विषयमा पनि अहिले निकै चर्चा बढेको छ। भारतीय मिडियाको अनुसार अभिनेतालाई फिल्म ‘वार २’ को लागि अभिनेता जूनियर एनटीआर ३० करोड मिल्ने बताएको छ। रिपोर्टका अनुसार अभिनेता जूनियर एनटीआर फिल्म ‘आरआरआर’ बाट ४५ करोड पारिश्रमिक मिलेको थियो।

प्रकाशित : शुक्रबार, चैत २४, २०७९१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ऋतिक रोशनसँग देखिएका यी बच्चा हुन् अहिलेको चर्चित अभिनेता, चिन्न सक्नु भयो?