के अभिनेता सौगात र श्रृष्टी श्रेष्ठको प्रेम सम्बन्धको अन्त्य भएकै हो त ?

अहिले सामाजिक सञ्जालबाट अभिनेत्र श्रृष्टी श्रेष्ठले अभिनेता सौगात मल्लको सबै तस्बिर हटाएकी छिन्। लामो समय देखि उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा हुँदै आएको थियो। विभिन्न अन्तर्वार्तामा उनीहरूको प्रेम सम्बन्ध र विवाहको बारेमा प्रश्न गर्दा केही समयपछि उनीहरू आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने बताउँदै आएका थिए।

तर अहिले आचानक सामाजिक सञ्जालबाट अभिनेत्री श्रृष्टीले अभिनेता सौगातको तस्बिर हटाउँदा सबैलाई चासोको विषय बनेको छ। धेरैले यी दुईको प्रेम सम्बन्धको अन्त्य भएको अर्थात् उनीहरूको ब्रेक-अप भएको हो की भन्ने अनुमान लागेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालबाट श्रीमान-श्रीमती तथा प्रेमी-प्रेमिकाको तस्बिर हटाउनु सामान्य भएको छ। केही समय पहिले अभिनेत्री वर्षा राउतले पनि सामाजिक सञ्जालबाट श्रीमानको तस्बिर हटाएकी थिइन्। पछि सामाजिक सञ्जालमा चर्चा बढेपछि अभिनेत्रीले श्रीमानसंगको तस्बिर राख्दै आफ्नो सम्बन्धमा त्यस्तो नराम्रो केही नभएको बताएकी थिइन्।

फिल्म ‘गाजलु’ प्रदर्शन आएपछि अभिनेता सौगात र श्रृष्टीको प्रेम सम्बन्धको चर्चा चलेको थियो। अहिले सौगात भने विभिन्न फिल्मको छायाँकनमा व्यस्त छन्। भने अभिनेत्री श्रृष्टीको हातमा अहिले कुनै फिल्म छैनन्। अहिले सामाजिक सञ्जालबाट तस्बिर हटाउनुले यी दुईको सम्बन्ध बिग्रिएको अनुमान गरिएको छ तर यस विषयमा अभिनेता तथा अभिनेत्रीबाट कुनै आधिकारिक जानकारी आएको छैन।

प्रकाशित : बिहिबार, चैत २३, २०७९१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ऐश्वर्या राय–अभिषेक बच्चन सम्बन्ध विच्छेद गर्दै ? खबरले तीव्र रूपमा भाइरल हुँदै !