एक्टरसँगै बिजनेसम्यान पनि हुन् राम चरण, एयरलाइन्स कम्पनीका हुन् मालिक

एजेन्सी : साउथ सुपरस्टार राम चरणले गत २७ मार्चमा आफ्नो ३८ औँ जन्मदिन मनाएका छन्। राम चरणको पूरा नाम कोनिडेला राम चरण तेजा(Konidela Ram Charan Teja) हो। उनको जन्म सन् १९८५ मा साउथको दिग्गज अभिनेता चिरञ्जिवी र सुरेखाको घरमा भएको थियो। रामचरण एक अभिनेता हुनुका साथै चलचित्र निर्माता र व्यवसायी पनि हुन्। बुबा सुपरस्टार भए पनि रामचरणले आफ्नो मेहनतका आधारमा फिल्म उद्योगमा छुट्टै पहिचान बनाएका छन्।

रामचरणले सन् २००७ मा फिल्म ‘चिरुथा’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। तर, उनले एसएस राजामौली(S. S. Rajamouli)को फिल्म ‘मगधीरा’ बाट पहिचान पाए। राम चरणले आफ्नो करियरमा धेरै हिट फिल्महरूमा काम गरेका छन्, जसमा रचा, नायक, येवडु, ध्रुव, रंगस्थलम र आरआरआर जस्ता फिल्महरु समावेश छन्।

रामचरण एक एयरलाइन्सका मालिक पनि हुन्।उनी हैदराबाद बेस्ड एयरलाइन ट्रू जेटको मालिक हुन्। यो एयरलाइन्सले दक्षिण भारतमा आफ्नो सेवा प्रदान गर्दछ। राम चरणसँग हैदराबाद पोलो राइडिङ क्लब नामको पोलो टोली पनि छ। रामचरणको कोनिडेल प्रोडक्शन नामको प्रोडक्सन हाउस पनि छ।

रामचरण आफ्नो विलासी जीवनशैलीका कारण पनि चर्चामा रहन्छन्। उनीसँग हैदराबादको प्राइम लोकेशनमा करोडौंको बङ्गला छ। उनको बङ्गलामा स्पोर्ट्स कोर्टदेखि लिएर स्विमिङ पुल र धेरै लक्जरी सुविधाहरू छन्। यस बाहेक रामचरणको मुम्बईमा पनि एउटा आलिशान बङ्गला छ।

प्रकाशित : बिहिबार, चैत २३, २०७९१३:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के अभिनेता सौगात र श्रृष्टी श्रेष्ठको प्रेम सम्बन्धको अन्त्य भएकै हो त ?