अढाई वर्षसम्म शनिको स्थिति : ६ राशिका जातकलाई दिनेछ कष्ट, ३ राशिमाथि रहनेछ शनिको कृपादृष्टि

काठमाडौँ : – शनिको प्रभावको कारण जातक कर्मठ, कर्मशील र न्यायप्रिय बन्छन्। शनिदेवको कृपाले व्यक्तिले आफ्नो कार्यक्षेत्रमा सफलता प्राप्त गर्छन्। व्यक्ति धैर्यवान् र गम्भीर बन्छन्। जुन जातकको कुण्डलीमा शनि पीडित या शुभ स्थानमा हुँदैन् ती जातकले समस्याको सामना गर्नुपर्नेछ। शनि गत माघ ३ गते मङ्गलबार कुम्भ राशिमा प्रवेश गरेको थियो र आगामी साढे दुई वर्षसम्म शनिदेव कुम्भ राशिमा विराजमान हुनेछन्। साढे दुई वर्षसम्म सबै १२ वटै राशिहरुमा शनिदेवको प्रभाव रहनेछ। यस समय शनिको स्थितिको कारण १२ राशिमा कस्तो प्रभाव पार्छ त ? हेर्नुस् : –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि साढे दुई वर्ष शनिको स्थिति राम्रो रहनेछ। पैसा र करियरको लागि राम्रो समय छ। जीवनका सबै बाधाहरू हट्नेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शनि कुम्भ राशिमा हुँदा वृष राशिका करियरमा ठूलो परिवर्तनको सम्भावना छ । स्थान परिवर्तन लाभदायक हुनेछ। सम्पत्ति र पद प्रतिष्ठाबाट लाभ हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शनि कुम्भ राशिमा प्रवेश गर्ने भएकाले मिथुन राशिका लागि स्थान परिवर्तनको सम्भावना छ। मातापिताको स्वास्थ्यको ख्याल गर्नुपर्छ। मातापिताको आयुमा सङ्कट पैदा हुन् सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शनिको कर्कट राशिमा ढैय्या सुरु भईसकेको छ र यो अष्टम ढैय्या हो। आगामी दुई वर्षसम्म कर्कट राशिका व्यक्तिहरूले आफ्नो स्वास्थ्य र पारिवारिक जीवनमा बढी ध्यान दिनुपर्छ। यस समयमा अनावश्यक विवाद हुन सक्छ। तपाईको बन्दै गरेका काम बिग्रन सक्छ। अर्थात् यो समय कर्कट राशिका लागि शनिको स्थिति अलि खराब छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शनिको वर्तमान स्थितिले सिंह राशिका व्यक्तिहरूको विवाह निश्चित हुन सक्ने देखाउँछ। तर व्यापार र साझेदारीमा समस्या आउन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका लागि शनिको वर्तमान स्थिति निकै राम्रो रहेको छ। यस समयमा शत्रु र विरोधीहरू पराजित हुनेछन्। करियरमा परिवर्तन र लाभ हुने देखिन्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिको प्रिय राशि हो। यस समयमा तुला राशिमा सन्तान प्राप्तिको सम्भावना रहेको छ। स्वास्थ्य र दाम्पत्य जीवनको ख्याल राख्नुहोस्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिमा शनिको ढैय्या सुरु भईसकेको छ। जीवनमा धेरै बदलावहरु आउनेछन्। यस समयावधिमा स्थान परिवर्तनको योग बनेको छ। करियरमा ठूलो बदलाव आउनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका लागि शनिको वर्तमान स्थिति सर्वोत्तम रहनेछ। यस समयमा रोकिएका सम्पूर्ण काम पुरा हुनेछन्। जीवनका सबै समस्या समाधान हुनेछन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिको स्वामी शनि हो। तर मकर राशिमा शनिको अन्तिम साढेसाती चलिरहेको छ। शनि साढेसाती हट्दा अत्यन्तै खतरानक हुन्छ। यस समयमा पारिवारिक समस्यामा ध्यान दिनुहोस्। दुर्घटनाबाट सावधान रहनुहोस्। सबै काम धैर्यताका साथ गर्नुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यस समयमा शनि कुम्भमा नै विराजमान छ। यो समय व्यापार र विवाहको लागि राम्रो छ। स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ। कामको चाप बढी रहनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शनि मीन राशिको बाह्रौं भावमा विराजमान छ। जसका कारण जीवनमा ठूलो परिवर्तन आउन सक्छ। आँखाको समस्यामा सजग रहनुपर्छ।

प्रकाशित : मङ्गलबार, चैत २१, २०७९१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सी पवन पुत्र हनुमानको जन्मोत्सव : यी ४ राशिमा हुन्छ विशेष कृपा, हरेक सङ्कटबाट मिल्छ छुटकारा