पर्सी पवन पुत्र हनुमानको जन्मोत्सव : यी ४ राशिमा हुन्छ विशेष कृपा, हरेक सङ्कटबाट मिल्छ छुटकारा

यस वर्षको चैत २३ गते बिहीबार हनुमान जन्मोत्सव परेको छ, धार्मिक मान्यता अनुसार यस दिन हनुमानको जन्म भएको मानिन्छ। शास्त्र अनुसार मंगलबार हनुमानको विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको छ। धार्मिक मान्यता अनुसार भगवान हनुमानको यस दिन पूजा गर्नाले उनको विशेष आशीर्वाद प्राप्त हुन्छ।

भनिन्छ हनुमानको कृपाले मानिसलाई हरेक संकटबाट मुक्ति मिल्छ। हनुमानको कृपाले भक्तहरूको सबै दुःख हट्छ र जीवनमा सुख-समृद्धि आउने मान्यता रहेको छ। ज्योतिष शास्त्रमा यस्ता ४ राशिको उल्लेख गरिएको छ जसमा हनुमानको कृपा दृष्टि हुने मान्यता रहेको छ। जान्नुहोस् यी राशिको बारेमा….

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

ज्योतिष शास्त्रका अनुसार मेष राशिका मानिसहरूमा हनुमानको विशेष कृपा हुने मान्यता रहेको छ। मंगलबार मेष राशिका व्यक्तिले हनुमानको यथाशक्य पूजा गर्नुपर्छ। यसो गर्नाले जीवनका सबै समस्याहरू हटेर आर्थिक संकटको सामना गर्नुपर्दैन भन्ने मान्यता रहेको छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

ज्योतिष शास्त्रका अनुसार सिंह राशि पनि हनुमान मनपर्ने राशिमा पर्दछ। सिंह राशिका मानिसहरुमा हनुमानको विशेष कृपा हुन्छ। हनुमानले यस राशिका मानिसहरूमाथि आफ्नो विशेष कृपा राख्नुहुन्छ। मंगलबार र शनिबार हनुमानको पूजा गर्नाले सिंह राशिका मानिसहरुलाई आर्थिक संकटको सामना गर्नु नपार्ने मान्यता रहेको छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका मानिसहरूलाई बजरंगबलीको विशेष कृपा हुन्छ। मंगलबारको दिन बजरंगबलीको पूजा गर्नाले मानिसको सबै काममा सफलता मिल्छ । जिन्दगीमा पैसाको कमी कहिल्यै हुँदैन। हनुमानजीको पूजा गर्नाले मनोकामना पूरा हुन्छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

धार्मिक मान्यता अनुसार कुम्भ राशिका मानिसहरूलाई हनुमानको विशेष आशीर्वाद हुन्छ। हनुमानको कृपाले कुम्भ राशिका व्यक्तिहरूलाई हरेक काममा सफलता मिल्छ। आर्थिक प्रगति हुन्छ। मंगलबार बजरंगबणको पाठ गर्नाले कुम्भ राशिका मानिसहरुको सुख समृद्धिको योग बन्छ।

प्रकाशित : मङ्गलबार, चैत २१, २०७९१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कहिल्यै पनि बाथरुममा नराख्नुस् यस्ता चिज, अन्यथा आउनेछ आर्थिक सङ्कट