गत बिहिबारबाट बनेको छ ‘महालक्ष्मी योग’, आउँदो ३० दिन यी राशिलाई हुनेछ वरदान समान

काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार हरेक ग्रह एक राशिबाट अर्को राशिमा निश्चित समयको अन्तरालमा प्रवेश गर्दछन्। ग्रहहरुको राशि परिवर्तनका कारण शुभ-अशुभ योग बन्ने गर्दछ। गत चैत्र २३ गते(अप्रिल ६ तारिख) बिहीबारदेखि महालक्ष्मी योग बनेको छ। महालक्ष्मी योगलाई धन, वैभव र सौभाग्यको कारक मानिन्छ। बृहस्पति र शुक्रको शुभ स्थितिबाट बन्ने महालक्ष्मी योगले धेरै राशिका व्यक्तिहरूमा शुभ प्रभाव पर्ने भएको छ। जान्नुहोस् कुन-कुन राशि?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका मानिसहरुमा महालक्ष्मी योगको निकै शुभ प्रभाव रहनेछ। यस अवधिमा महालक्ष्मी योगका साथसाथै शश र मालव्य योग पनि बनिरहेका छन्। यस अवधिमा आफ्नो जीवनसाथीको सहयोग प्राप्त गर्नुहुनेछ। आर्थिक उन्नतिको सम्भावना छ। आर्थिक अवस्था मजबुत रहनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। रोजगारीको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका लागि महालक्ष्मी योग निकै लाभदायक साबित हुनेछ। आकस्मिक धन लाभको योग हुनेछ। भाग्यको पूर्ण साथ मिल्नेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। रोजगारीमा लागेकाले पदोन्नति मिल्नेछ। भाग्यले केही काम बन्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका मानिसहरुका लागि लक्ष्मी योग वरदान जस्तै हो। यस समयमा चाहेको कुरा उपलब्ध हुनेछ। व्यवसायीका लागि समय राम्रो छ। साझेदारी कार्यमा पनि लाभ मिल्नेछ। अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ। आर्थिक स्थिति सुदृढ हुने सम्भावना छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका लागि महालक्ष्मी योग निकै शुभ रहनेछ। यस अवधिमा यस राशिमा मालव्य र त्रिकोण राजयोगको शुभ संयोजन पनि रहनेछ। हाल शनि आफ्नो राशि कुम्भ राशिमा विराजमान छन्। जसका कारण त्रिभुज राजयोग बनिरहेको छ। यस समयमा धन सम्बन्धी समस्याबाट मुक्ति पाउनुहुनेछ। यस अवधिमा कुनै पनि मनोकामना पूरा हुन सक्छ।

प्रकाशित : मङ्गलबार, चैत २१, २०७९१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अढाई वर्षसम्म शनिको स्थिति : ६ राशिका जातकलाई दिनेछ कष्ट, ३ राशिमाथि रहनेछ शनिको कृपादृष्टि