काठमाडौँ : – चैत्र महिनाको सोम प्रदोष व्रत सोमबार चैत्र २० गते परेको छ। सोमबार र प्रदोष व्रतको संयोगमा केही खास उपाय गर्नाले दाम्पत्य जीवनमा चलिरहेको समस्या हट्ने जनाइएको छ।
रुद्राक्षलाई शिवको स्वरूप मानिन्छ । वैवाहिक जीवनमा दु:खको बादल मडारिएमा, विवाहमा ढिलाई भएमा सोम प्रदोष व्रतको दिन शिवलि:_ङ्गमा गौरीशङ्कर रुद्राक्ष अर्पित गर्नुहोस् र विधिपूर्वक घाँटीमा लगाइदिने जनविश्वास छ। गृहस्थ सुखको लागि रुद्राक्ष निकै प्रभावशाली मानिन्छ।
धनसम्बन्धी समस्याले हैरान हुनुहुन्छ भने चैत्र सोम प्रदोष व्रतको दिन सूर्यास्तको समयमा पारिजातबाट बनेको अत्तर कपासमा लगाई शिवलि:_ङ्गमा अर्पण गर्नुहोस्। त्यसपछि त्यो कपासलाई अत्तरको बोतलमा राख्नुहोस् र यसलाई धनको स्थान वा आफ्नो कार्यस्थलमा राख्नुहोस्। यसले प्रगतिको बाधा हटेर धन प्राप्ति हुने विश्वास छ।
सन्तान पाउन समस्या भए सोम प्रदोष व्रतको दिन नि:सन्तान दम्पत्तिले ११ बेलपत्रमा ॐ लेखेर साँझको समयमा शिवलि:_ङ्गमा चढाउनुहोस् र महामृत्युञ्जय मन्त्रको जप गर्नुहोस्। यसो गर्दा छिट्टै सन्तान सुख मिल्छ।
सोम प्रदोष व्रतको दिन सन्ध्याकालमा बेलपत्रको रुखमुनि घिउको दियो बाल्दा घरमा लक्ष्मीको वास हुने जनविश्वास छ। यसो गर्दा सुख-समृद्धि र धन वृद्धि हुन्छ।
घरमा सुख-शान्ति नआए या घरपरिवारमा मनमुटाव बढ्न थाल्यो भने सोम प्रदोष व्रतको दिन गङ्गाजलमा एक बेलपत्र हालेर शिवलि:_ङ्गमा अर्पण गर्नुहोस्। शिवको जलधाराबाट अलिकति पानी लिएर घरको छत र कुनामा छर्क्नुहोस्। यसो गर्दा घरमा रहेका अशुभ शक्तिको नाश हुने जनविश्वास रहेको छ। कालो जादुको प्रभाव समाप्त हुन्छ।