यस्ता ४ बानीले बनाउँछ कंगाल, जीवनमा आउनेछ दरिद्रता

शास्त्रमा कुल १८ पुराणको बारेमा वर्णन गरिएको छ। यी पुराणहरू मध्ये सबैभन्दा महत्त्वपूर्ण गरुड पुराण हो। गरुड पुराणले जीवन र मृत्यु, पुनर्जन्म र मानव आत्मा, नरक र सजायको बारेमा वर्णन गरिएको छ। यसका साथै जीवनलाई पूर्णरुपमा जिउने र सही बाटोमा हिँड्ने तरिका पनि बताइएको छ। यहाँ हामी केही यस्ता बानीको बारेमा बताउन गइरहेका छौँ, जसलाई छोड्नुभएन भने तपाई जीवनमा गरिबी आउँ सक्छ। यसका साथै देवी लक्ष्मी क्रोधित हुन सक्छ र जीवनमा गरिबी हाबी हुन सक्छ। जान्नुहोस् यी बानीहरू के के हुन्…

भान्साकोठामा जुठा भाँडाहरू नछोड्नुहोस्

फोहोर र प्रयोग गरिएका भाँडाकुँडाहरू भान्सामा कहिल्यै छोड्नु हुँदैन। यस्ता कार्यले माता लक्ष्मी रिसाउन सक्छिन्। यसका साथै घरमा नकारात्मकता पनि आउन सक्छ। साथै माता लक्ष्मी पनि क्रोधित हुन सक्छिन्। त्यसैले गरुड पुराणका अनुसार भान्साकोठामा जुठा भाँडाकुँडा छोड्नुभयो भने जीवनमा गरिबी आउन सक्छ। त्यसैले रातको समयमा भाँडाकुँडा सफा गरेर मात्र सुत्नु पर्छ।

बिहान सबेरै उठ्ने बानी बसाल्नुहोस्

गरुड पुराणका अनुसार राति ढिलो सुत्ने र बिहान ढिलो उठ्ने मानिसको जीवनमा गरिबी आउन सक्छ। साथै ढिलो उठ्ने मानिस अल्छी स्वभावका हुन्छन् र उनीहरूले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन। त्यसै गरी माता लक्ष्मी पनि यस्ता व्यक्तिसँग क्रोधित हुन्छिन्। साथै यस्ता मानिसको आर्थिक अवस्था राम्रो हुँदैन।

सफा लुगा लगाउनुहोस्

केही मानिसहरूको यस्तो बानी हुन्छ धेरै दिनसम्म लगाएको कपडा नफेर्ने, जुन गलत हो। किनकि माता लक्ष्मीलाई सरसफाइ मन पर्छ र जहाँ सरसफाइ हुन्छ, त्यहाँ माता लक्ष्मीको वास हुन्छ। माता लक्ष्मी फोहोरमा बास गर्दैनन्। त्यसैले बिहान नुहाएर सफा लुगा लगाउनुपर्छ। यसो गर्दा धनकी देवी माता लक्ष्मीको आशीर्वाद सदैव रहिरहनेछ।

माता लक्ष्मी हुन्छिन् क्रोधित

गरुड पुराणका अनुसार जसले छल वा कपट गरेर अरूको सम्पत्ति लुट्छन्। त्यस्ता व्यक्तिसँग माता लक्ष्मी कहिल्यै प्रसन्न हुनुहुन्न। साथै तिनीहरूले साँचो आनन्द कहिल्यै अनुभव गर्न सक्दैन। त्यस्तै माता लक्ष्मीलाई अप्रत्यक्ष रूपमा अरूलाई हानि गर्ने मानिसहरूलाई मन पर्दैन। त्यसैले अरूको सम्पत्ति बल र छलबाट कहिल्यै खोस्नु हुँदैन।

प्रकाशित : सोमबार, चैत २०, २०७९१६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्रिलको राशिफल : अनायासै नसोचेका झमेला झेल्नेछन् यी ३ राशिले, ४ राशिलाई हुनेछ आकस्मिक धनलाभ