अभिनेत्री आँचलले भलिबल खेलाडी सिपोरा गुरुङलाई आफ्नो श्रीमानको पूर्व प्रेमिका भनेपछि….

केही समय यता अभिनेता आँचल शर्मा उनको अभिनय भन्दा पनि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर र उनले दिएका अन्तर्वार्तामा दिएको बयानको कारण चर्चा साथै विवादमा आउने गरेकी छिन्। अभिनेत्री आँचललाई नेपाली चलचित्र क्षेत्रमा बोल्नमा पोख्त अभिनेत्री मध्ये एक मानिन्छ।

हालै अभिनेत्री एक अन्तर्वार्ता दिएकी थिइन्। अभिनेत्री रङ्गकर्मी प्रकाश सुवेदीको शो ‘रजतपट’ मा उनको आगामी फिल्मको प्रचार साथै अन्तर्वार्ताको लागि उपस्थित थिइन्।

प्रकाश सुवेदीको शो ‘रजतपट’ को तपाई चिन्नु हुन्छ भन्ने सेग्मेंट अन्तर्गत भलिबल खेलाडी सिपोरा गुरुङको तस्बिर देखाएको थियो। त्यसको जवाफमा अभिनेत्रीले भलिबल खेलाडी सिपोरा गुरुङ भन्छिन्। तब कार्यक्रम सञ्चालक प्रकाशले यति मात्र भन्दा अभिनेत्रीले आफ्नो श्रीमानको पूर्व प्रेमिकाको रुपमा पनि चिन्ने बत्ताउँछिन्।

तब कार्यक्रम सञ्चालकले यस विषयमा थप सोध्छन्। बोलचाल पनि हुन्छ ? तब आँचल भन्छिन् आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमानको पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ? भनेर अभिनेत्रीले जवाफ दिएकी छिन्। साथै आफूलाई सिपोरा गुरुङको तस्बिर देखाउँदा आफूलाई चित्त नबुझेको बताएकी छिन्।

अहिले अभिनेत्रीले भलिबल खेलाडी सिपोरा गुरुङको बारेमा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। साथै अभिनेत्रीको अभिव्यक्तिमा आलोचन भइरहेको छ। कसैको व्यक्तिगत जीवनको बारेमा यसरी बोल्न नहुने भन्दै अभिनेत्रीको भनाइमा आलोचन भइरहेको छ।

प्रकाशित : सोमबार, चैत २०, २०७९१२:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएकी यी दुई बच्चीलाई चिन्नु भयो ? एक बच्ची नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री हुन्!