अजय देवगनलाई ‘किस’ गर्न चाहन्नथिन् करीना कपूर, एउटा कारण बदल्नुपर्यो स्क्रिप्ट

एजेन्सी : – फिल्मी दुनियाँमा इन्टिमेट सिन दिन कलाकारहरुका लागि त्यति सजिलो छैन। यस्ता दृश्यहरू गर्दा धेरै किसिमका समस्या र हिचकिचाहट हुने गर्छ। एक पटक करीना कपुर खानसँग पनि यस्तै भएको थियो र उनले अजय देवगनलाई चुम्बन गर्न अस्वीकार गरेकी थिइन्। करिना र अजयले धेरै फिल्महरुमा सँगै काम गरेका छन्। दुवै धेरै मिल्ने साथी हुन् तर २०१३ मा आएको फिल्म ‘सत्याग्रह’ मा लिपलक दृश्यका लागि करीनाले इन्कार गरेकी थिईन्।

सन् २००६ मा आएको फिल्म ‘ओमकारा’ त याद नै होला। यस फिल्ममा अजय देवगनको अपोजिटमा करिना कपूर थिइन्। फिल्ममा यी दुईबीचको अन्तरंग दृश्य पनि खिचिएको थियो। तर विशाल भारद्वाजको यो फिल्मपछि सन् २०१३ मा प्रकाश झाले ‘सत्याग्रह’ ल्याएपछि समीकरण फेरियो। फिल्ममा ‘किसिङ सीन’ देखेर करिना असहज भइन् र इन्कार गरिन्।

‘ओमकारा’ बाहेक करिनाले अजयसँग ‘सिंघम’ र ‘गोलमाल’ फिल्ममा पनि काम गरिसकेकी छिन्। यस्तो अवस्थामा उनीसँग काम गर्दा निकै सहज महसुस गर्छिन्। यहीँ कारण ‘ओमकारा’ मा इन्टिमेट सीन गर्दा उनलाई कुनै समस्या भएन। तर १६ अक्टोबर २०१२ मा करिनाले सैफ अली खानसँग विवाह गरिन्। त्यसलगत्तै करिनाले फिल्ममा ‘किसिङ सीन’को बारेमा आफ्नो मन परिवर्तन गरिन्। विवाहको केही दिनपछि नै ‘सत्याग्रह’ को सुटिङ सुरु भएको थियो।

करिना कपुर र अजयले एक गीतको समयमा लिपलक गर्नुपर्ने थियो। यस्तो अवस्थामा करीनालाई विवाहपछि यो दृश्य गर्न सहज थिएन। उनले प्रकाश झालाई यो दृश्य गर्न नसक्ने बताएकी थिइन्। प्रकाश झाले करीनाको लागि सिनमा बदलाव गर्नुपरेको थियो। यसअघि करिनाले इमरान हाशमीसँगको फिल्म ‘बदतमीज दिल’ मा चुम्बन दृश्यका लागि इन्कार गरेकी थिइन्।

प्रकाशित : सोमबार, चैत २०, २०७९१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री आँचलले भलिबल खेलाडी सिपोरा गुरुङलाई आफ्नो श्रीमानको पूर्व प्रेमिका भनेपछि….