काजोलसँग आफ्नै छोरीले फोटो खिच्न नमानेपछि….

एजेन्सी- बलिउड अभिनेत्री काजोलकी छोरी न्यासा देवगन समय-समयमा चर्चामा आइरहन्छिन्। यसैबिच हिजो राति नीता मुकेश अम्बानी कल्चरल सेन्टर पुगेका अभिनेत्री काजोलको आमा छोरीको प्रवेशले फेरि एकपटक पापाराजीहरुलाई आकर्षित गरेको छ। र प्रशंसकहरूको ध्यान खिचेको छ र यस क्रममा दुवैको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

यस भिडियोमा देख्न सकिन्छ कि काजोल न्यासालाई फोटो खिच्न रोक्छिन्, तर उनी आमालाई केही भन्दै गइन्। यसरी यो भिडियो निकै भाइरल भइरहेको छ। फोटोसुटको क्रममा काजोलको पर्स पनि खुलेको देखिन्छ। यसबारे सामाजिक सञ्जालमा पनि धेरै कमेन्टहरु आइरहेका छन्।

यस भिडियोमा आमा छोरीको जोडी चाँदी कलरको ड्रेसमा निकै राम्रो देखिएकी थिइन्। योसँगै फ्यानहरू उनको तारिफ गरेर  थाकेका छैनन्। वास्तवमा, भिडियोमा, काजोलले न्यासालाई एक्लै फोटो खिच्न भनिन्। तर उनले अस्वीकार गरेपछि काजोल पापाराजीका लागि एक्लै पोज दिँदै देखिएकी छिन्।

अहिले उक्त पार्टीमा पुगेका बलिउड र हलिउड स्टारहरूको फेसनले लाइमलाइट पाइरहेको छ। यति मात्र होइन, यस कार्यक्रममा आलिया भट्ट, रश्मिका मन्डन्ना, शाहरुख खान, रणवीर सिंह पनि उपस्थित भएका थिए।

प्रकाशित : आइतबार, चैत १९, २०७९१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अजय देवगनलाई ‘किस’ गर्न चाहन्नथिन् करीना कपूर, एउटा कारण बदल्नुपर्यो स्क्रिप्ट