अजय देवगनबारे अमिताभ बच्चनको त्यो भविष्यवाणी, जुन साँचो साबित भयो

एजेन्सी : त्यो समयको कुरा हो, जब फिल्ममा नायक वा नायिका बन्नको लागि रंग र रूपलाई विशेष ध्यान दिइन्थ्यो। यदि कोहीँ कालो या काली छन् भने तिनीहरुको करियर सुरु हुन् नपाउँदै समाप्त हुन्थ्यो। पुराना फिल्ममा हिरोले पनि हिरोइनले जस्तै मेकअप गर्थे।

जब अजय देवगन हिरो बन्ने सोचमा थिए तब उनको मजाक उडाउने मान्छे पनि कम थिएनन्। अजय एक साधारण अनुहार भएका मानिस हुन् र उनले यसलाई कहिल्यै कम ठानेनन्। यसको विपरित उनले ती हिरोभन्दा बढी सफलता हासिल गरे जो हेर्दामा उनीभन्दा धेरै राम्रा थिए।

फाइट मास्टर वीरू देवगनका छोरा अजय देवगनले जब ‘फूल और काँटे’ को साइन गरे तब मानिसहरुले निर्माता-निर्देशकलाई कस्तो हिरो लिएको भनेर सम्झाउन थालेका थिए। फिल्म पहिलो शोदेखि नै फ्लप हुने अड्कल काटियो।

अजयको लुक्सलाई लिएर धेरै खिल्ली उडाइएको थियो तर अमिताभ बच्चनले भने फरक मत राखेका थिए। बिग बीले अभिनेताको अनुहार पछाडि पढे। उनले अजयलाई ‘डार्क हर्स’ भने। अर्थात् त्यस्ता व्यक्ति जसको जितमा कसैलाई पनि विश्वास हुँदैन र ऊ सबैभन्दा अगाडी एक नम्बरमा आउँछन्।

अमिताभको भविष्यवाणी सही साबित भयो र अजय बिग बीको परीक्षामा सत्य साबित भए। अजय देवगन पहिलो फिल्मबाटै बलिउडमा चर्चित भए।

अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटे’ यश चोपडाको ‘लम्हें’सँग रिलिज भएको थियो। ‘लम्हें’ मा अनिल कपूर र श्रीदेवीजस्ता स्टार थिए। फिल्मको प्रचारप्रसार निकै राम्रो भएको थियो।

‘फूल और काँटे’ का निर्मातालाई मानिसहरुले आफ्नो फिल्म ‘लम्हें’ सँग रिलिज नगर्न सुझाव दिए तर निर्माताले पटक्कै मानेनन्। अजयको फिल्मले ‘लम्हें’सँग कडा प्रतिस्पर्धा मात्र गरेन, सफल पनि भयो। त्यसपछि अजयले पछाडि फर्केर हेर्नु परेन।

प्रकाशित : आइतबार, चैत १९, २०७९१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काजोलसँग आफ्नै छोरीले फोटो खिच्न नमानेपछि….