साताको पहिलो दिन नै घट्यो सुनको मूल्य !

काठमाडौँ – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साताको शुक्रबार बढेको सुनको मूल्य यस साताको पहिलो दिन नै घटेको हो।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले छ। छापावाला सुन आज १ लाख ८ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेर १ लाख ८ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। आज चाँदी १ हजार ४ सय १० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, चैत १९, २०७९१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह्वात्तै बढ्यो तोलामा सुनको भाउ, मूल्यमा बन्यो नयाँ रेकर्ड