ह्वात्तै बढ्यो तोलामा सुनको भाउ, मूल्यमा बन्यो नयाँ रेकर्ड

काठमाडौं : बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज चैत २२ गते सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेर एक लाख १० हजार पाँच सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला एक हजार चार सय रुपियाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : बुधबार, चैत २२, २०७९१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०८० साल : कुन महिनामा कति सार्वजनिक बिदा छन् ?