अप्रिल महिना यी राशिको भाग्य खुल्दै, माता लक्ष्मीको हुनेछ विशेष कृपा

काठमाडौँ : – ज्योतिष शास्त्रका अनुसार अप्रिल महिना ग्रह र नक्षत्रको दृष्टिकोणले विशेष हुने भएको छ । वास्तवमा यस महिनामा धेरै ग्रहले राशि परिवर्तन गर्दै छन् । यस बाहेक नक्षेत्रमा पनि परिवर्तन आउने भएको छ । ग्रह र नक्षत्र परिवर्तनको प्रभाव सबै राशिमा पर्नेछ। ग्रह र नक्षत्रको स्थितिका कारण केही राशिका व्यक्तिहरूलाई समस्याको सामना गर्नुपर्ला भने केही राशिका व्यक्तिहरूलाई आर्थिक तथा मानसिक समस्याबाट मुक्ति पाउन सकिन्छ। यस्तो अवस्थामा अप्रिलमा कुन-कुन ग्रहले आफ्नो राशि परिवर्तन गर्नेछन् र कुन राशिलाई अत्याधिक लाभ हुनेछ जान्नुहोस् ।

मिथुन राशि

अप्रिल महिना मिथुन राशिका लागि निकै लाभदायक साबित हुने देखिन्छ। रोकिएका काम यसै महिनामा सम्पन्न हुनेछन् । केही नयाँ समाचार सुन्न पाइनेछ । आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। यसका साथै सम्बन्धमा आउने बाधाहरू पनि हट्नेछन्।

कन्या राशि

कन्या राशिका लागि अप्रिल महिना लाभदायी रहनेछ। नोकरीमा परिवर्तनको विशेष योग रहेको छ । सरकारी जागिर गर्ने व्यक्तिको कार्य क्षेत्रमा परिवर्तन आउन सक्छ। कार्यालयमा मान सम्मान बढ्नेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। यसका साथै नोकरीमा पदोन्नतिको पनि सम्भावना छ । घरमा खुसीको माहौल रहनेछ।

मकर राशि 

आर्थिक अवस्था सुदृढ हुनेछ । साथै यस महिनामा भाग्यको पनि साथ मिल्नेछ । काममा नयाँ तथा लाभदायक अवसर मिल्नेछ । रिसलाई नियन्त्रणमा राख्नुहोला।

प्रकाशित : शनिबार, चैत १८, २०७९२०:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्रिल महिनामा यी दुई राशिमा हुनेछ माता लक्ष्मीको कृपा, हुनेछैन धनको कमी