अप्रिल महिनामा यी दुई राशिमा हुनेछ माता लक्ष्मीको कृपा, हुनेछैन धनको कमी

काठमाडौँ : अहिले सन् २०२३ को चौथो महिना अप्रिल चलिरहेको छ। यो महिना केही राशिको लागि निकै विशेष हुने भएको छ । किनभने यो महिना धेरै ठूला ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् ।

यी दुई राशिका व्यक्तिहरूले राशि परिवर्तनको समयमा करियरमा ठूलो सफलता प्राप्त गर्नेछन् । मिथुन र वृश्चिक राशिका व्यक्तिहरूलाई यस अवधिमा करियरमा लाभ हुने भएको छ । यी राशिको आर्थिक स्थिति बलियो हुनेछ। आम्दानीमा उल्लेख्य वृद्धि हुने सम्भावना छ । पैसा बचत गर्न सक्षम हुनुहुनेछ। यदि लगानी गर्ने योजना छ भने समय शुभ देखिन्छ । व्यापार व्यावसायमा राम्रो लाभ हुनसक्छ । फसेको धन प्राप्त हुने सम्भावना पनि छ । कार्यस्थलमा कामको उच्च प्रशंसा हुन हुनेछ ।

पैतृक सम्पत्तिबाट लाभ हुने प्रबल सम्भावना छ। धन सम्पतिमा अत्याधिक वृद्धि हुनेछ । पुरानो लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। अप्रिल महिनामा मिथुन र वृश्चिक राशिका व्यक्तिहरूमाथि माता लक्ष्मीको विशेष कृपा रहनेछ। यो महिना धन र खाद्यान्नको अभाव हुनेछैन। बरु, तपाईं अरूलाई आर्थिक रूपमा पनि मद्दत गर्न सक्नु हुनेछ ।

मिथुन र वृश्चिक राशिका व्यक्तिहरूका लागि प्रेम सम्बन्धको हिसाबले पनि यो महिना विशेष रहनेछ। प्रेम जीवन राम्रो रहनेछ। सम्बन्धमा एक-अर्काप्रति विश्वास बढ्नेछ। विवाहितहरूका लागि पनि समय अनुकूल देखिन्छ। केही शुभ समाचार सुन्न पाइनेछ । तपाई आफ्नो जीवन साथीसँग घुम्नको लागि रमणीय ठाउँमा जान सक्नुहुन्छ।

प्रकाशित : शनिबार, चैत १८, २०७९२२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रिलेशनशिपमा बफादार र भावुक हुन्छन् यी ३ राशिका जातक, आफ्नो पार्टनरलाई कहिल्यै दिँदैनन् धोका