शुक्रबार भयो बुधको गोचर, आउँदो २ महिना ५ राशिले पाउनेछन् लाभै-लाभ

ज्योतिष शास्त्र अनुसार चैत्र १७ गते शुक्रबारको दिन बुध मेष राशिमा गोचर गरिसकेको छ। यसअघि बुध मीन राशिमा विराजमान थियो। बुधलाई ग्रहहरूको राजकुमार भनिन्छ। बुध धन, बुद्धि र व्यापारको कारक ग्रह हो। यदि कुनै जातक को कुण्डलीमा बुधको स्थिति अनुकूल छ भने व्यक्तिले लगभग हरेक क्षेत्रमा सफलता हासिल गर्छन्। बुधको अनुकूल स्थितिले जातकलाई तर्क शक्ति र बुद्धिको उपहार दिन्छ। तर जब बुध कुनिया हानिकारक ग्रहको सम्पर्कमा आउँछ तब यसले जातकलाई नकारात्मक रूपबाट प्रभावित गर्न सुरु गर्दछ। बुध मेष राशिमा प्रवेश गर्नुअघि नै त्यहाँ शुक्र र राहुको उपस्थिति थियो। यस्तो अवस्थामा बुध, शुक्र र राहुको संयोगले सबै राशिलाई असर गर्छ।

बुधको गोचरले यी राशिको चम्काउनेछ भाग्य : – 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बुधको गोचर मेष राशिमा नै हुनेछ। मेष राशिका लागि यो गोचर शुभ रहनेछ। मेष राशिका व्यक्तिहरुको व्यक्तित्वमा आकर्षण बढ्नेछ। धन लाभ हुनेछ। मनले चाहेको नोकरी पाउनुहुनेछ। रोकिएका काम पुरा हुनेछन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि बुधको यो राशि परिवर्तन राम्रो रहनेछ। तपाईको चिन्ता कम हुनेछ। अपार धन लाभ हुनेछ। सन्तानको सुख मिल्नेछ। सन्तानसँग सम्बन्धित केही शुभ समाचार पाउन सकिनेछ। स्वास्थ्यमा सानातिना समस्या आउन सक्छ। समग्रमा कर्कट राशिका लागि यो समय सकारात्मक रहनेछ। सबै काममा सफलता मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

बुध ग्रहको राशि परिवर्तनले कुम्भ राशिका व्यक्तिहरूलाई तगडा लाभ दिनेछ। यस गोचरबाट व्यापार-व्यवसाय गर्ने जातकले मनग्यै मुनाफा कमाउनेछन्। भाग्यको पूर्ण साथ मिल्नेछ। आयमा वृद्धि हुन सक्छ वा बढुवाको योग देखिन्छ। लगानीका लागि यो समय राम्रो रहनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

बुधको राशि परिवर्तनका कारण मकर राशिका व्यक्तिहरुलाई लाभ हुने देखिन्छ। जागिर गर्नेहरुले उल्लेख्य प्रगति गर्नेछन्। जागिरमा पदोन्नति हुन् सक्छ। यसबाहेक पारिवारिक सम्बन्धमा सुधार आउन सक्छ। लगानीका लागि पनि यो समय राम्रो हुनसक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि बुधको यो गोचर राम्रो रहनेछ। यस समयमा तपाईले आफ्नो आर्थिक स्थितिमा सुधार देख्नुहुनेछ। धन लाभ हुनेछ। भाग्यले तपाईलाई हरेक पाइलामा साथ दिनेछ। मेष राशिमा बुधको गोचरले धार्मिक कार्यमा तपाईको झुकाव बढ्नेछ। परोपकारी कार्यमा संलग्न हुनुहुनेछ। यस समयमा तपाईले आफ्नो बोलीले मानिसहरूलाई प्रभावित पार्नुहुनेछ। उच्च शिक्षा हासिल गरेकाले विदेश जाने अवसर पाउनेछन्।

प्रकाशित : शनिबार, चैत १८, २०७९१९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्रिल महिना यी राशिको भाग्य खुल्दै, माता लक्ष्मीको हुनेछ विशेष कृपा