धन-समृद्धिको कारक ग्रहको गोचर हुँदै : ३ राशिमा पर्नेछ कृपा दृष्टि, हुनेछ धनको वर्षात्

ज्योतिष शास्त्रका अनुसार ग्रहहरू समय-समयमा गोचर हुन्छन् र विभिन्न योगको सिर्जना गर्छन्। जसको प्रभाव मानव जीवन र पृथ्वीमा पर्ने गर्दछ। अप्रिल ६ तारिखमा धन र समृद्धि दिने ग्रह शुक्र वृष राशिमा गोचर गरेको छ। जसका कारण ‘मालव्य राजयोग’ को निर्माण हुनेछ। यस मालव्य राजयोगको प्रभाव सबै राशिका मानिसहरूमा देखिनेछ। तर ३ राशि छन् जसका लागि यस समयमा आर्थिक लाभ र करियरमा प्रगतिको सम्भावना रहेको छ। आउनुहोस् जानौं यी कुन राशिका हुन्….

वृष राशि

मालव्य राज योगको निर्माणले वृष राशिका लागि शुभ दिन सुरु हुन सक्छ। यस समयमा आर्थिक स्थितिमा सुधार आउनेछ र पहिले भन्दा धेरै धन बचत गर्न सक्नुहुनेछ। यस समयमा गरेको मिहिनेत सफल हुनेछ र धन आर्जनको शुभ अवसर मिल्नेछ। साथै राजयोगको दृष्टि तपाईको सप्तम स्थानमा परिरहेको छ। त्यसैले यो समयमा जीवन साथीको सहयोग प्राप्त हुनेछ। जीवनसाथीको प्रगति हुन सक्छ। यसका साथै अविवाहितहरूको विवाहको सम्भावना पनि रहनेछ।

सिंह राशि

मालव्य राजयोग सिंह राशिको लागि वरदान भन्दा कम साबित हुनेछैन। यस समयमा तपाईले नयाँ कामको अवसर पाउन सक्नुहुन्छ। साथै काममा नयाँ जिम्मेवारी मिल्न सक्छ। जागिर खोज्नेहरूले राम्रो काम पाउने संकेतहरू छन्। यस बाहेक कार्यस्थलमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। त्यस्तै यो अवधिमा व्यापार गर्ने व्यक्तिहरूले राम्रो नाफा कमाउन सक्छन्। नयाँ कामको थालनीका लागि पनि समय अनुकूल रहेको छ। साथसाथै बुवाको सहयोग पनि मिल्नेछ।

मेष राशि

मेष राशिका व्यक्तिहरूलाई मालव्य राजयोगको निर्माणले लाभ मिल्नेछ। यो समयमा आकस्मिक धन लाभ हुनेछ। साथै आर्थिक स्थिति पहिले भन्दा बलियो हुनेछ। अविवाहितलाई विवाहको प्रस्ताव आउन सक्छ। अर्कोतर्फ प्रेम सम्बन्धमा सफलता मिल्नेछ। परिवारमा सबैसँगको सम्बन्ध बलियो हुनेछ। बोलीमा प्रभाव देखिनेछ। लामो दूरीको यात्रामा जानु पर्ने हुन सक्छ। यस समयमा व्यवसायीहरूले व्यापारमा राम्रो अर्डर प्राप्त गर्न सक्छन्।

प्रकाशित : शुक्रबार, चैत १७, २०७९१९:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस दिन परेको छ हनुमान जयन्ती, जान्नुहोस् शुभ समय, पूजा विधि र मन्त्र