चैत्र महिनाको राशिफल : ४ राशिलाई चारैतिरबाट मिल्नेछ लाभै-लाभ, ३ राशिले अपनाउनुहोस् होशियारी

• वि.सं. २०७९ सालको अन्तिम महिना चैत्रको मासिक राशिफल : –

ज्योतिष हरिप्रसाद पौडेल 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

रमाइलो यात्राको अवसर मिल्नेछ। पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्नेछन्। खर्चको मात्रा बढेर जाला। सामान्य चोटपटकको सम्भावना देखिएकाले वाहन चलाउँदा सतर्कता अपनाउनुपर्ला। प्रतिस्पर्धामा सफलताको सम्भावना छ। विवादमा विजय मिल्नुका साथै मानसम्मान समेत मिल्ने ग्रहयोग छ। आर्थिक पक्षका काममा सफलता मिल्नुका साथै इष्टमित्रको सहयोग पाइनेछ। मनोरञ्जनका अवसर मिल्ने छन्। सामान्य शारीरिक अस्वस्थताको योग रहेकाले खानपानमा विचार गर्नुपर्ने देखिन्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जानेछ। विवाद एवं प्रतिस्पर्धामा विजयश्री मिल्नेछ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ। अध्ययन अध्यापनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्नेछ । रोकिएका काम क्रमशः बन्दै जाने छन्।धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ। मानसम्मान एवं पद प्रतिष्ठा बढ्ने ग्रहयोग छ। आर्थिक पक्षका काममा समेत सफलता मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

रोकिएका काम बन्दै जाने छन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। मनोबल उच्च रहनुका साथै आँटेका काम तथा योजनामा सफलता मिल्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ। आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ। रमाइलो भ्रमण एवं मनोरञ्जनका अवसर मिल्नेछन्। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ। प्रेम प्रसङ्गमा मन रमाउला। अध्ययन अध्यापनमा अभिरुचि बढेर जाने छ। प्रतिस्पर्धामा सफलताको सम्भावना छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आँटेको काममा ढिलासुस्ती एवं बाधाअड्चन देखा पर्नेछन् । कार्यव्यस्तता एवं अनावश्यक दौडधुप केही बढी नै पर्न जानेछ। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव पर्न जानेछ। सामान्य अस्वस्थताका साथै शारीरिक आलस्यता बढेर जाला। विश्वासघातको सम्भावना रहेकाले मान्छे चिनेर व्यवहार गर्नु राम्रो होला। ठूलो लगानी एवं आर्थिक लेनदेनसम्बन्धी काममा होसियारी अपनाउनुपर्नेछ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्नेछन्। घरायसी खर्चको मात्रा बढेर जाला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्यव्यस्तता बढेर जाने छ। आकस्मिक यात्राको सम्भावना छ। घरायसी खर्चको मात्रा बढेर जाला। पेटसम्बन्धी समस्याले सताउनुका साथै सामान्य चोटपटकको समेत सम्भावना रहेकाले वाहन चलाउँदा विशेष होसियारी अपनाउनुपर्नेछ। सामान्य विवादमा पार्ने देखिएकाले बोलीवचनमा विचार पु¥याउनुपर्ला। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्नेछ। अध्ययन अध्यापनका साथै धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

रोकिएका काम बन्नेछन्। आकस्मिक यात्राको योग छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहनेछ। पारिवारिक सुख सन्तोष राम्रो हुनेछ। सामान्य विवादको योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला। महिनाको उत्तर्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्नेछन् । रोकिएका काम क्रमशः बन्दै जानेछन्। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाने छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जानेछ। प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्नेछ। उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जानेछ। सामान्य कलहको सम्भावना रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्नेछ। काममा आएका बाधाअड्चन क्रमशः हटेर जानेछन् । मानप्रतिष्ठा बढ्ने योग छ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना छ। रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्यव्यस्तता बढेर जानेछ। पठनपाठनका साथै धार्मिक कार्यमा अभिरुचि लाग्नेछ। आर्थिक पक्षका काम सन्तोषजनक रहनेछन्। सामान्य अस्वस्थताको सम्भावना रहेकाले स्वास्थ्यसम्बन्धी विषयमा विचार पु¥याउनुपर्ला । सामाजिक कार्यमा अभिरुचि लाग्नुका साथै मानसम्मानसमेत प्राप्त होला। आर्थिक पक्षका काम अनुकूल रहनेछन्। महिनाको उत्तरार्धमा रमाइलो भेटघाटको अवसर मिल्नेछ। आकस्मिक यात्रा एवं मनोरञ्जनका अवसर समेत मिल्नेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

स्वास्थ्यमा सुधारको योग छ। उच्च मनोबलका साथ कार्यक्षमतामा समेत प्रगति भएर जानेछ। काममा आएका बाधाअड्चन क्रमशः हटेर जाने छन्। दाम्पत्य सुखसम्बन्ध अनुकूल रहने छ। आर्थिक पक्षका काममा सफलता मिल्नेछ। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा मन लाग्ने छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। महिनाको उत्तरार्धमा पारिवारिक सुख तथा मनोरञ्जनका अवसर मिल्नेछन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आत्मबल बढेर जानेछ। काममा आएका बाधाअड्चन क्रमशः हटेर जानेछन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ। आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग छ। पठनपाठनमा मध्यम प्रगतिको योग छ। घरायसी खर्चको मात्रा भने केही बढेर जाला। महिनाको उत्तरार्धमा आफन्त एवं प्रियजनसँगको भेटघाटले मन रमाउने छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहनेछ। रमाइलो यात्रा तथा महìवपूर्ण भेटघाटको अवसर समेत मिल्ने छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

धार्मिक एवं सामाजिक कार्यमा सरिक हुनुपर्ने छ। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ। कार्यव्यस्तता बढेर जानुका साथै आकस्मिक यात्राको समेत सम्भावना रहेको छ। सामान्य पेटसम्बन्धी अस्वस्थता देखा पर्ला। आर्थिक पक्षका काम सफल रहनेछन् । सन्तान एवं पारिवारिक सुख मिल्नेछ। महिनाको उत्तरार्धमा सामान्य विवादमा पार्न सक्ने योग रहेकाले बोलीचालीमा होस पु¥याउनुपर्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

भर्खरै मात्र प्रारम्भ भएको साढे सात शनिका कारण सोचेका योजना तथा प्रारम्भ गरेका काममा ढिलासुस्ती समेत गराउने छ। पारिवारिक खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यगत सामान्य समस्या देखा पर्ने छन् । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ। महिनाको पूर्वार्धमा आर्थिक सफलता एवं मनोरञ्जनका अवसर मिल्नेछन् भने उत्तरार्धमा आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। आत्मीयजन एवं आफन्तको सहयोग महìवपूर्ण रहनेछ।

प्रकाशित : बिहिबार, चैत १६, २०७९१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्रको मासिक राशिफल : साढे सात शनिका कारण यी ३ राशिलाई खासै अनुकूल छैन यो महिना, रहनुस् सतर्क