• वि.सं. २०७९ सालको अन्तिम महिना चैत्रको मासिक राशिफल : –
ज्योतिष हरिप्रसाद पौडेल
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
रमाइलो यात्राको अवसर मिल्नेछ। पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्नेछन्। खर्चको मात्रा बढेर जाला। सामान्य चोटपटकको सम्भावना देखिएकाले वाहन चलाउँदा सतर्कता अपनाउनुपर्ला। प्रतिस्पर्धामा सफलताको सम्भावना छ। विवादमा विजय मिल्नुका साथै मानसम्मान समेत मिल्ने ग्रहयोग छ। आर्थिक पक्षका काममा सफलता मिल्नुका साथै इष्टमित्रको सहयोग पाइनेछ। मनोरञ्जनका अवसर मिल्ने छन्। सामान्य शारीरिक अस्वस्थताको योग रहेकाले खानपानमा विचार गर्नुपर्ने देखिन्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
आँटेको काममा ढिलासुस्ती एवं बाधाअड्चन देखा पर्नेछन् । कार्यव्यस्तता एवं अनावश्यक दौडधुप केही बढी नै पर्न जानेछ। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव पर्न जानेछ। सामान्य अस्वस्थताका साथै शारीरिक आलस्यता बढेर जाला। विश्वासघातको सम्भावना रहेकाले मान्छे चिनेर व्यवहार गर्नु राम्रो होला। ठूलो लगानी एवं आर्थिक लेनदेनसम्बन्धी काममा होसियारी अपनाउनुपर्नेछ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्नेछन्। घरायसी खर्चको मात्रा बढेर जाला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
भर्खरै मात्र प्रारम्भ भएको साढे सात शनिका कारण सोचेका योजना तथा प्रारम्भ गरेका काममा ढिलासुस्ती समेत गराउने छ। पारिवारिक खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यगत सामान्य समस्या देखा पर्ने छन् । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ। महिनाको पूर्वार्धमा आर्थिक सफलता एवं मनोरञ्जनका अवसर मिल्नेछन् भने उत्तरार्धमा आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। आत्मीयजन एवं आफन्तको सहयोग महìवपूर्ण रहनेछ।