हिजो घटेको सुनको मूल्य आज पनि घट्यो ! कति ?

काठमाडौँ – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साताका कारोबार हुने अन्तिम दिन घटेर आइतबार घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन १ लाख ९ हजार २ सय रुपैंयाँमा कारोबार भरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज १ लाख ८ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, चैत १३, २०७९११:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह्वात्तै घट्यो सुनको मूल्य ! कतिमा हुँदैछ कारोबार ?