ह्वात्तै घट्यो सुनको मूल्य ! कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित : मङ्गलबार, चैत १४, २०७९११:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राति ११ बजेर ४१ मिनेट जाँदा भूकम्प, केन्द्रविन्दु कहाँ ?