साताको पहिलो दिन नै घट्यो सुनको मूल्य ! कति पुग्यो ?

काठमाडौँ – साताको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य बढेको छ। गत साताका कारोबार हुन् अन्तिम दुई दिन निरन्तर बढेको सुनको मूल्य आज घटेको हो।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य ६ सय रुपैंयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा आज छापावाला सुन १ लाख ९ हजार २ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैंयाँले नै घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैंयाँ तय भएको छ।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। आज चाँदी १ लाख ३ हजार ७ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : आइतबार, चैत १२, २०७९१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आर्सनलका अगाडी छन् कठिन खेल, तर पनि प्रिमियर लिग जित्नेमा पूर्व स्टार ढुक्क !