आर्सनलका अगाडी छन् कठिन खेल, तर पनि प्रिमियर लिग जित्नेमा पूर्व स्टार ढुक्क !

एजेन्सी – आर्सनलका पूर्व स्ट्राइकर रोबिन भान पर्सीले यस सिजन आर्सनलले नै प्रिमियर लिग जित्ने सम्भावना रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा भान पर्सीले यस पटक आर्सनलले नै प्रिमियर लिगको उपाधि जित्ने दावी गरेका हुन्।

सिजनका बाँकी खेल कठिन रहेको भएपनि आर्सनलले सबै चुनौतीलाई पार गर्दै प्रिमियर लिग उपाधि जित्ने भान पर्सीले स्काई सपोर्टसँगको कुराकानीका क्रममा बताए।

“मेरो व्यक्तिगत भावना अनुसार उनीहरुले प्रिमियर लिग जित्नेछन्। उनीहरुले प्रिमियर लिग नजितेको धेरै भैसकेको छ। तर यस पटक उनीहरुले उपाधि जित्छन् भन्ने मलाई लागिरहेको छ। आर्सनलले उपाधि जित्दा मलाई खुशी नै लाग्नेछ।”,भान पर्सीले भने।

आर्सनलले प्रिमियर लिग जित्ने उच्च सम्भावना रहेपनि जित्नको लागि उनीहरुले एक पटक पनि गल्ती गर्न नहुने भान पर्सीको भनाई छ। उनका अनुसार आर्सनलले केहि कठिन खेलहरु खेल्न बाँकी छन्। तर ती चुनौतीहरुलाई आर्सनलले सहि तरिकाले पार लगाउने उनले विश्वास व्यक्त गरे।

“अहिलेको अवस्थामा हरेक अंक महत्वपूर्ण छन्। उनीहरुले केहि कठिन खेल्न खेल्न बाँकी छ। तर ती खेलहरुबाट पनि उनीहरुले अंक बटुल्न सक्छन्। च्याम्पियन्स बन्न त कठिन खेलहरुमै राम्रो प्रदर्शन गर्न सक्न पर्यो नि।”,भान पर्सिले भने।

भान पर्सीले आर्सनलका लागि आठ वर्ष खेलेका थिए। सन् २००४ पछि आर्सनलले एक पटक पनि प्रिमियर लिग जित्न सकेको छैन। यस पटक आर्सनल धेरै वर्ष पछि प्रिमियर लिग जित्ने अभियानमा छ।

सिजनका १० खेल खेल्न बाँकी रहेको अवस्थामा आर्सनलले २८ खेलबाट ६९ अंक जुटाएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी आर्सनल भन्दा ८ अंकले पछि छ। समान २८ खेल्दा सिटीले ६१ अंक बनाएको छ।

प्रकाशित : सोमबार, चैत १३, २०७९१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर, प्राय भिडछिन् पुरुषसँग !