एउटा हिट फिल्मको व्यग्र प्रतीक्षामा छिन् सारा अली खान : ३ फिल्म लगातार फ्लप, छचल्कियो पीडा

काठमाडौँ : – सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान(Sara Ali Khan) एक धमाकेदार हिन्दी फिल्मको खोजीमा छिन्। साराले आफ्ना हरेक फिल्ममा कडा मेहनत गरे पनि उनका केही फिल्म सफल हुन् सकेका छैनन्। यसका अलग-अलग कारण हुन् सक्छन् तर साराका लागि यो निकै पीडादायी छ। एक अन्तर्वार्तामा साराले आफ्नो फिल्म नचल्नुका कारण बताएकी छिन्।

अभिनेत्री सारा अली खानका पछिल्ला केही फिल्म ‘लभ आज कल’, ‘कुली नम्बर १’, ‘अतरंगी रे’ बाट धेरै आशा राखेकी थिईन् तर यी फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेनन्। यद्यपि यी तीनै फिल्मबाट साराले राम्रो प्रतिक्रियाको अपेक्षा गरेकी थिईन्।

सारा अली खानले एक भारतीय मनोरन्जन पोर्टलसँग कुरा गर्दै भनिन् – ‘मैले महसुस गरेकी छु कि यदि तपाईले कुनै फिल्म सफल हुन्छ भनेर गर्नुहुन्छ त्यो फिल्म असफल भयो भने त्यसले धेरै पीडा दिन्छ। फिल्म बनाउनु महत्त्वपूर्ण हुन्छ र त्यहाँ रचनात्मक सन्तुष्टि हुनुपर्छ।’

आफ्नो फिल्म ‘कुली नम्बर १’ को बारेमा कुरा गर्दै सारा अली खानले पूरै मसाला फिल्म भए पनि सफल नभएको बताइन्। उनले भनिन्  – ‘राम्रा गीत, रंग र रमाइलोले भरिपूर्ण मनोरञ्जनात्मक फिल्म राम्रो हुन्छ भन्ने सोचेकी थिएँ तर सोचेजस्तो भएन्।’

साराले भनिन्, ‘यो कोरोना महामारीको बेला OTT मा रिलिज भएको थियो, सायद यो पनि फिल्म नचल्नुको कारण हुन् सक्छ। त्यतिबेला मैले महसुस गरे कि यो फिल्म गर्ने मेरो प्रेरणा शतप्रतिशत शुद्ध थियो त ? अनि मेरो अन्तस्करणबाट आवाज आयो.. ‘होइन’, त्यसैले म यो गर्न चाहन्न।’

सारा अली खान आगामी फिल्म ‘ग्यासलाइट’ मा कार्तिक आर्यनको अपोजिटमा देखिने भएकी छिन्। यो जोडीले सन् २०२० मा फिल्म ‘लभ आज कल’ मा सँगै काम गरेका थिए। ‘ग्यासलाइट’ डिज्नी प्लस हटस्टारमा मार्च ३१ मा रिलिज हुँदैछ।

सारा अली खानको वर्कफ्रन्ट को कुरा गर्ने हो भने उनका धेरै फिल्महरु हुँदैछन्। ‘ग्यासलाइट’ बाहेक उनी अनुराग बसुको ‘मेट्रो इन दिनों’, करण जोहरको ‘ए वतन मेरे वतन’ मा काम गरिरहेकी छिन्।

सारा अली खान यसबाहेक लक्ष्मण उतरेकरको फिल्ममा विक्की कौशलको अपोजिटमा देखिनेछिन्।

प्रकाशित : बिहिबार, चैत ०९, २०७९१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल शाहलाई फूल मालाले भव्य स्वागत, हजारौँ फ्यानको उपस्थिति !