अभिनेता पल शाहलाई फूल मालाले भव्य स्वागत, हजारौँ फ्यानको उपस्थिति !

अहिले अभिनेता पल शाह दाङमा एक कार्यक्रम सहभागी हुन् पुगेका छन्। त्यहाँ उनलाई फूल मल लगाएर स्वागत गरिएको थियो। उक्त स्थानका तस्बिर अभिनेता पल शाहले एक स्ट्या:टस लेख्दै सार्वजनिक गरेका छन्।


अभिनेताले पलले दाङ वासीले देखाएको माया प्रति आभार प्रकट गरेका छन्। यस प्रकार छ अभिनेताले सार्वजनिक गरेको पोस्ट-‘जननी जन्मभूमि स्वर्गादपि गरीयसी” सर्वप्रथम म जन्मेको यस धर्तीलाई नमन गर्न चाहन्छु। साथै यस क्षेत्रका हाम्रो पवित्र धरोहर हाम्रो आस्था र विश्वासको केन्द्र दाङका पवित्र धार्मिक देव स्थलहरू शक्तिस्वरुपा अम्बिकेश्वरी मन्दिर प्रति भक्तिभाव समर्पण गर्दछु। विश्वको अग्लो त्रिशूल, पाण्डवहरुको ऐतिहासिक तपोभुमी स्थल दाङको धारापानी देवस्थल, त्यस्तै बगारबाबा धार्मिक धाम रिहार, बाहृकुने दह, भोटे-चरिङगे दह लगायत यस क्षेत्रका सबै धार्मिक स्थलको स्मरण गर्न चाहन्छु ।

सँगै समस्त दङगाली आमा बुवा, दाजु भाइ, दिदी बैनी र सम्पूर्ण साथीहरूलाई साइनो अनुसार नमस्कार र यो साथ अनि मायाको लागी सबै नेपाली आमा र बुवालाई कोटी कोटी प्रणाम गर्न चाहन्छु, आयोजक प्रति आभार …’


अभिनेता पल शाह (पूर्णविक्रम शाह) गत  फागुन १५ गते यौन दुर्व्यवहारको अभियोगमा सफाइ पाएका थिए। गत वर्ष फागुन १५ गते नै अभिनेताले बलात्कारको आरोप लागेपछि प्रहरीमा आत्मसमर्पण गरेका थिए। अहिले आफूलाई लागेको आरोपमा सफाइ पाएसँगै अभिनेता विभिन्न कार्यक्रम सहभागी हुन् थालेका छन्।


अहिले अभिनेता पल शाहले आफूलाई लागेको आरोपमा सफाइ पाएपछि सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी भएको छ। साथै विभिन्न कलाकारले अभिनेतालाई सफाइ पाएकोमा बधाई दिएका थिए।

प्रकाशित : सोमबार, चैत १३, २०७९१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस साउथ अभिनेत्रीको अगाडी बलिउड अभिनेत्री पनि हुन्छन् फिक्का, फोटो हेर्नुभएमा रोकिनेछ सास