आज सोमबार गर्नुहोस् यस्ता उपाय, घरमा सधैं रहनेछ माता लक्ष्मीको बास, धनले भरिनेछ भण्डार !

हिन्दु पात्रो अनुसार सोमबार चैत्र ६ गते भगवान शिवलाई समर्पित छ। यस दिन साँचो मन र पूर्ण भक्तिले भोलेनाथको पूजा गर्नाले भक्तजनको सबै मनोकामना पूरा हुन्छ। भोलेनाथका भक्तहरूका लागि आजको दिन विशेष दिन रहेको छ। शास्त्र अनुसार सोमबार भोलेनाथको पूजा गर्नाले महादेव छिट्टै प्रसन्‍न हुनुका साथै भक्तजनका सबै मनोकामना पूरा हुने गर्छ।

सोमबारको दिन पूजा, व्रत आदि गर्नाले मानिसको जीवनबाट दुःख, रोग, कलेश र आर्थिक संकट हट्ने विश्वास रहेको छ। जानौँ आज धन सम्बन्धि समस्या र जीवनको दुःखको सामना गर्न अपनाउनु पर्ने उपाय:-

सोमबारको दिन गर्नुहोस् यी उपाय

यस दिन अविवाहित युवतीले व्रत बसी भगवान शिवको पूजा गरेमा विवाहमा आउने बाधा छिट्टै हट्ने बताइएको छ। यति मात्र होइन, मनपर्ने दुलहा पनि पाउँछन्। ज्योतिषशास्त्रका अनुसार सोमबार बिहान नुहाएर मन्दिरमा जानुहोस् वा घरमा भोलेनाथको पूजा गर्नुहोस्। सोमबार भगवान शिवको साथमा माता पावर्ती र नन्दी साँढेको पनि पूजा गर्नुपर्छ। गंगा जल र दूधले स्नान गराउनुहोस्। त्यसपछि शिवलिंगमा चामल, चन्दन, भांग, सुपारी, बिल्वपत्र र धतुरा चढाउनुहोस्। शिवजीलाई भोग अर्पण गरेपछि अन्त्यमा विधि-विधान अनुसार शिवजीको आरती गर्नुहोस्।

सोमबारको दिन अवश्य गर्नुहोस् यस्ता कार्य

सोमबार भगवान शिवको मन्दिरमा जानुहोस् र शिवलिंगमा दूध र चिनी चढाउनुहोस्। यदि मन्दिर जान सम्भव छैन भने घरमा बसेर भगवान शिवलाई यी चिज चढाउन सकिन्छ। भनिन्छ, भगवान शिवलाई बेलपत्र सबैभन्दा प्रिय छ। यस्तो अवस्थामा आफ्नो मनोकामना पूरा गर्न सोमबार शिव शंकरलाई ११ बेलपत्र चढाउनुपर्छ। यसका साथै प्रत्येक सोमबार भगवान शिवलाई गंगाजलले अभिषेक गर्नुहोस्। यसबाट भगवान शिवशंकर प्रसन्न हुने जनविश्वास रहेको छ। साथै, ओम नमः शिवाय मन्त्रको जप गरिरहनुहोस्।

प्रकाशित : सोमबार, चैत ०६, २०७९१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस वर्षको नवरात्रिमा बन्दैछ अत्यन्त दुर्लभ योग, यी राशिका मानिसलाई हुनेछ सुख नै सुख !