यस वर्षको नवरात्रिमा बन्दैछ अत्यन्त दुर्लभ योग, यी राशिका मानिसलाई हुनेछ सुख नै सुख !

पञ्चाङका अनुसार यस वर्ष चैत्र नवरात्रि चैत ८ गते बुधबारदेखि सुरु हुँदैछ। नवरात्रिको नौ दिनमा माता दुर्गाका विभिन्न रुपको पूजा गरिँदैछ। यस वर्ष चैत्र नवरात्रिमा केही विशेष संयोग बन्ने भएको छ। घटस्थापनाको शुभ समय जानिराखौं-

यस वर्ष घटस्थापनाका लागि दुईवटा शुभ समय उपलब्ध छन्। पहिलो मुहूर्त चैत्र ८ गते बिहान ६:०९ बजेदेखि ७ः२७ बजेसम्म हुनेछ। र दोस्रो मुहूर्त ११:०० बजे देखि ०१:१६ बजे सम्म हुनेछ। यस वर्ष चैत्र नवरात्रीको पहिलो दिन निकै विशेष र दुर्लभ संयोग बन्दैछ। यस वर्ष ब्रह्मा र शुक्ल योग एकसाथ बन्नेछ। शुक्ल योग चैत्र ८ को दिन राति १२:५७ देखि बिहान ०९:३३ सम्म हुनेछ। जबकि चैत्र ८ गते बिहान ०९:३३ देखि चैत्र ९ गते बिहान ०६:३१ सम्म ब्रह्मयोग हुनेछ।

यस्तो दुर्लभ योग बन्दा यी राशिका मानिसलाई निकै शुभ रहनेछ यो समय:-

मिथुन राशि

आर्थिक पक्ष बलियो रहनेछ। लगानी गर्दा फाइदा हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। माता लक्ष्मीको कृपाले जीवन सुखमय बन्नेछ। खर्चमा कमी आउनेछ। लेनदेनका लागि समय निकै शुभ रहनेछ।

कर्कट राशि

यस समयमा नयाँ घर किन्न सकिन्छ। माता लक्ष्मीको विशेष आशीर्वाद रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ कामको थालनी गर्नको लागि समय शुभ रहेको छ। लेनदेनका लागि समय शुभ छ, तर लेनदेन गर्नु अघि राम्ररी सोच्नुहोस्। आर्थिक स्थिति धेरै राम्रो हुनेछ।

सिंह राशि

माता लक्ष्मीको कृपाले काममा सफलता मिल्नेछ। नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ। व्यापारका लागि यो समय निकै शुभ रहेको छ। धन- लाभ हुनेछ, तर यो वर्ष तपाईंले आफ्नो खर्चमा नियन्त्रण राख्नु पर्छ। लेनदेनका लागि समय शुभ रहनेछ।

कन्या राशि

आर्थिक स्थितिमा सुधार आउनेछ। लगानीका लागि समय राम्रो छ। नयाँ सवारी साधन खरिद गर्न सकिनेछ। लेनदेनका लागि पनि समय राम्रो छ। माता लक्ष्मीको कृपा रहनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

वृश्चिक राशि

लगानीका लागि समय निकै राम्रो छ। यो समयमा धन लाभ हुनेछ, तर खर्च कम गर्ने प्रयास गर्नुहोस्। यो समय व्यापारी वर्गका लागि वरदान भन्दा कम हुने छैन। माता लक्ष्मीको विशेष आशीर्वाद प्राप्त हुनेछ। नयाँ घर वा सवारी किन्नको लागि समय शुभ रहेको छ।

धनु राशि

नोकरी तथा व्यवसायमा प्रगति हुनेछ। व्यापार व्यवसायका लागि समय राम्रो छ। समय लेनदेन गर्नका लागि एक वरदान भन्दा कम छैन। कुनै पनि क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।

प्रकाशित : सोमबार, चैत ०६, २०७९१५:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नवरात्रिको ९ दिनमा दुर्गा मातालाई चढाउँनुहोस् यी फूल: पूरा हुनेछन् हरेक मनोकामना, जीवनभर रहनेछ सुख र समृद्धि !