१०० वर्षपछि ४ राशिका कुण्डलीमा बन्दैछ ४ राजयोग : चम्किन सक्छ भाग्य, करियर-कारोबारमा छ सफलताको योग

काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले समय-समयमा शुभ र अशुभ योगहरू निर्माण गर्छन्, जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिनेछ। लगभग १०० वर्ष पछि मीन राशिमा ४ महायोग बन्दैछ। ती योग गजकेसरी, नीचभंग, बुधादित्य र हंस राजयोग हुन्। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर ४ राशिका जातकलाई यस समयमा आकस्मिक धनलाभ र करियर- कारोबारमा सफलताको योग बनेको छ। आउनुहोस्, जानौँ ती भाग्यशाली राशिका बारेमा…

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि ४ महायोग बन्नु शुभ साबित हुन सक्छ। किनकी यो राजयोग तपाईको राशिबाट लाभ स्थानमा बनिरहेको छ। साथसाथै तपाईको धनको स्वामी लाभ स्थानमा छ, त्यस्तै तपाईको उन्नति, बुद्धि, आकस्मिक धनलाभको स्वामी लाभ स्थान अवस्थित छ। त्यसैले यस समयमा तपाईको व्यक्तित्वमा निखार आउनेछ। यस अवधिमा आम्दानी बढ्नेछ। यसका साथै आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। साथै पुरानो लगानीबाट पनि फाइदा लिन सकिनेछ। साथै यो समयमा तपाईले सन्तान पक्षबाट कुनै शुभ समाचार प्राप्त गर्नुहुनेछ। यसका साथै आकस्मिक आर्थिक लाभको सम्भावना पनि सृजना भइरहेको छ। विद्यार्थीहरूका लागि यो समय शुभ साबित हुन सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

चार राजयोगको निर्माणले कुम्भ राशिका लागि शुभ दिन सुरु हुन् सक्छ। ४ राजयोग भाग्य स्थानमा बन्दैछ। त्यसैले यो समयमा भाग्यले साथ दिनेछ। यससँगै हुन नसकेका कामहरु पनि बन्नेछन्। कार्यक्षेत्रमा अपेक्षाकृत सफलता हासिल गर्नुहुनेछ। यसका साथै शुभ समाचार प्राप्त हुनेछ। विदेश यात्रामा जाने योग छ, जुन तपाईको लागि शुभ साबित हुनेछ। सरकारी जागिरको तयारीमा लागेका विद्यार्थीहरूका लागि यो समय शुभ साबित हुन सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

गजकेसरी, नीचभंग, बुधादित्य र हंस राजयोग कर्म भावमा बनिरहेको छ। त्यसैले यो समयमा काम–व्यवसायमा सफलता मिल्न सक्छ। साथै, बेरोजगार व्यक्तिहरूले यो समयमा नयाँ काम पाउन सक्छन्। साथै जागिर गरिरहेका जातकले मार्च महिनापछि बढुवा पाउन सक्नेछन्। आफूले चाहेको ठाउँमा सरुवा हुन् सक्छ। यसका साथसाथै पेशा व्यवसायमा वरिष्ठ समकक्षीको सहयोग प्राप्त हुनेछ। यसका साथै नाफा, व्यवस्थापन र प्रशासनको पक्षमा हुनेछ। पितासँगको सम्बन्ध राम्रो रहनेछ। साथै यस समयमा व्यवसायीले राम्रो नाफा कमाउन सक्नेछन्। आफ्नो व्यापार विस्तार गर्न सक्नुहुन्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

चार ठूला योगको निर्माणसँगै कन्या राशिको शुभ दिन सुरु हुनसक्छ। किनकी तपाईको राशिबाट सातौं घरमा यी ४ राजयोग बनिरहेका छन्। तपाईको लाभको स्वामी सप्तम भावमा विराजमान छन्। यसका साथै सुख-साधन र सम्पत्तिको स्वामी सप्तम भावमा रहनेछ। त्यसकारण तपाईले यस समयमा कुनै व्यापारिक सम्झौता गर्न सक्नुहुन्छ।  यसका साथसाथै साझेदारी कार्यमा सफलता मिल्नेछ। साथै जीवन साथीको सहयोग प्राप्त हुनेछ। प्रेम जीवन पनि राम्रो रहनेछ। साथै, अविवाहितहरूलाई विवाहको प्रस्ताव आउन सक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिलाई गजकेसरी, नीचभंग, बुधादित्य र हंस राजयोग बन्नु लाभप्रद सिद्ध हुन् सक्छ। किनकी यो योग तपाईको राशिबाट चतुर्थ भावमा बन्दैछ। जसलाई सुख-साधन र सम्पत्तिको स्थान मानिन्छ। त्यसैले यस समयमा तपाईले कुनै जग्गा-जमिन खरिद-बिक्री गर्नुहुनेछ। यसका साथै पैतृक सम्पत्तिबाट पनि सुख प्राप्त गर्न सक्नुहुन्छ। साथै करियर तथा व्यापार-व्यवसायमा सफलता मिल्नेछ। यससँगै भाग्यले पनि साथ दिनेछ। यस समयमा राजनीतिमा संलग्न व्यक्तिहरूले सफलता हात पार्न सक्छन्।

प्रकाशित : सोमबार, चैत ०६, २०७९१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज सोमबार गर्नुहोस् यस्ता उपाय, घरमा सधैं रहनेछ माता लक्ष्मीको बास, धनले भरिनेछ भण्डार !