नयाँ वर्ष २०८० लागे लगत्तै पैसाको सिरानी राखेर सुत्नेछन् यी ४ राशिका मानिस, हुनेछ लक्ष्मी माताको विशेष कृपा

काठमाडौँ : – हिन्दु पात्रो अनुसार तिथिले हेर्ने हो भने नयाँ वर्ष चैत्र ८ गते(२०२३ मार्च २२) बुधबारबाट वत्सर आरम्भ भएसँगै सुरु भईसकेको छ। नयाँ वर्ष २०८० को नाम पिंगल हो। यस वर्ष राजाको पद राजकुमार ग्रह बुधलाई र मन्त्री पद राक्षसको गुरु शुक्र ग्रहलाई दिइएको छ। दिव्य परिषद्को निर्वाचनमा शनिलाई धनको जिम्मेवारी दिइएको छ भने गुरुलाई बादलको स्वामी र रसको मालिक बनाइएको छ। चैत्र नवरात्रि पनि यही दिनबाट सुरु हुँदैछ। विक्रम नवसंवत्सर २०८० मा, केहि राशिका मानिस भाग्यशाली हुने निश्चित छ। ज्योतिष शास्त्र अनुसार यी राशिहरुलाई वर्षभर सूर्य भगवानको विशेष कृपा रहनेछ। जानौँ नयाँ वर्षबाट कुन राशिका शुभ दिनहरू सुरु हुँदैछ।

मेष राशि

काममा उत्साह बढ्नेछ। धार्मिक कार्यमा झुकाव बढ्नेछ। माताको सहयोग मिल्नेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ। साथीको आगमन हुन सक्छ। बौद्धिक कार्यमा धनार्जन हुनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ।

मिथुन राशि

व्यापार विस्तारको योजना साकार हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। परिवारमा शुभ कार्य हुनेछ। कपडा उपहार पनि पाउन सकिन्छ। जागिर परिवर्तनसँगै अन्य ठाउँमा सर्नु पर्न सक्छ। आयात–निर्यात व्यापारमा लाभको अवसर मिल्नेछ। आमाको सहयोग मिल्नेछ। सवारी साधनको आनन्द बढ्न सक्छ।

वृश्चिक राशि

आत्मविश्वासले भरिपूर्ण रहनेछ। परिवारमा सुख सुविधा विस्तार हुनेछ। जीवनसाथीसँग मनमुटाव हुन सक्छ। कार्यस्थलमा परिवर्तनको सम्भावना छ, परिश्रमको अतिरिक्त हुनेछ। माताको साथ र सहयोग मिल्नेछ। नाफा बढ्ने सम्भावना छ। काममा अधिकारीको सहयोग मिल्नेछ।

धनु राशि

मनमा आनन्दको अनुभूति हुनेछ, तर पनि आत्मसंयम रहनु होला। नोकरीमा अन्य ठाउँमा सर्नु पर्न सक्छ। आम्दानी बढ्नेछ। कार्यक्षेत्रमा उच्च-अधिकारीको सहयोग मिल्नेछ। घरपरिवारको सहयोग पनि मिल्नेछ। कपडा आदिमा खर्च बढ्न सक्छ।

प्रकाशित : सोमबार, चैत ०६, २०७९११:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिका लागि चैत्र नवरात्रि अति शुभ, रह्ननेछ माता लक्ष्मीको कृपा, ९ दिनसम्म कुनै डरले सताउने छैन !