यी राशिका लागि चैत्र नवरात्रि अति शुभ, रह्ननेछ माता लक्ष्मीको कृपा, ९ दिनसम्म कुनै डरले सताउने छैन !

चैत्र नवरात्रि यस वर्ष चैत्र ८ गतेदेखि सुरु हुँदैछ। हिन्दु धर्ममा नवरात्रीको विशेष महत्व रहेको छ। नवरात्रिको ९ दिनमा माताका ९ रूपको विधिपूर्वक पूजा गरिन्छ। यस अवधिमा भक्तजनहरु व्रत बस्ने गर्छन्। ज्योतिष शास्त्र अनुसार यस वर्षको नवरात्रिमा ग्रहहरुको शुभ संयोग बन्ने भएको छ। यस शुभ संयोगका कारण कतिपयको भाग्योदय हुनेछ। जान्नुहोस्, कुन राशिका लागि शुभ रहनेछ चैत्र नवरात्रि-

मिथुन राशि

आर्थिक पक्ष बलियो रहनेछ। लगानी गर्दा फाइदा हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। माता लक्ष्मीको कृपाले जीवन सुखमय बन्नेछ। खर्चमा कमी आउनेछ। लेनदेनका लागि समय निकै शुभ रहनेछ।

कर्कट राशि

यस समयमा नयाँ घर किन्न सकिन्छ। माता लक्ष्मीको विशेष आशीर्वाद रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ कामको थालनी गर्नको लागि समय शुभ रहेको छ। लेनदेनका लागि समय शुभ छ, तर लेनदेन गर्नु अघि राम्ररी सोच्नुहोस्। आर्थिक स्थिति धेरै राम्रो हुनेछ।

सिंह राशि

माता लक्ष्मीको कृपाले काममा सफलता मिल्नेछ। नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ। व्यापारका लागि यो समय निकै शुभ रहेको छ। धन- लाभ हुनेछ, तर यो वर्ष तपाईंले आफ्नो खर्चमा नियन्त्रण राख्नु पर्छ। लेनदेनका लागि समय शुभ रहनेछ।

कन्या राशि

आर्थिक स्थितिमा सुधार आउनेछ। लगानीका लागि समय राम्रो छ। नयाँ सवारी साधन खरिद गर्न सकिनेछ। लेनदेनका लागि पनि समय राम्रो छ। माता लक्ष्मीको कृपा रहनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

वृश्चिक राशि

लगानीका लागि समय निकै राम्रो छ। यो समयमा धन लाभ हुनेछ, तर खर्च कम गर्ने प्रयास गर्नुहोस्। यो समय व्यापारी वर्गका लागि वरदान भन्दा कम हुने छैन। माता लक्ष्मीको विशेष आशीर्वाद प्राप्त हुनेछ। नयाँ घर वा सवारी किन्नको लागि समय शुभ रहेको छ।

धनु राशि

नोकरी तथा व्यवसायमा प्रगति हुनेछ। व्यापार व्यवसायका लागि समय राम्रो छ। समय लेनदेन गर्नका लागि एक वरदान भन्दा कम छैन। कुनै पनि क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।

प्रकाशित : सोमबार, चैत ०६, २०७९१२:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्रिलमा यी राशिहरुको चम्किनेछ भाग्य : घरमा बसी-बसी आउनेछिन् लक्ष्मी, समाप्त हुनेछन् सबै दुख-दर्द