फिल्म असफलतापछिको तनाव भुलाउन अभिनेता अनमोल कुष्मामा, बन्जी जम्प र स्काई साइ:क्लिङ गर्दै !

नायक अनमोल केसी यस्ता अभिनेता हुन् जसको फ्यान फलोङ लाखौँ छन्। विशेष कुरा त अभिनेता अनमोल केसी अहिलेका युवा पुस्तको रोजाइमा पर्दछन्। नायक अनमोल केसीको फिल्म प्रदर्शनमा आउँदा खासै प्रचार प्रसार गर्न पनि पर्दैन। सामान्य प्रचारको भरमा उनी अभिनीत फिल्मले करोडौँ कमाउने गरेका छन्।

तर, पछिल्लो समयमा अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ एक साता पनि नबित्दै हालबाट उत्रिएको छ। उपत्यका बाहिरका केही हलमा फिल्म प्रदर्शनमा केही दिनमा नै हलमा फिल्म हेर्ने ७ जनासम्म भएको खबर सार्वजनिक भएको थियो। फिल्म फ्लप भएसँगै यस फिल्मका निर्माताले आफूहरूको पक्षबाट कमजोरी भएको स्वीकार गरेको छ।

अहिले अभिनेता अनमोलको केही तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। तस्बिरमा अनमोल बन्जी जम्प र तथा स्काई साइक्लिङ गरिरहेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरमा अभिनेता निकै रमाउँदै गरेको देखिन्छ। अनमोल अभिनीत फिल्म ‘छड्के २’ फागुन १९ गतेबाट प्रदर्शनमा आएको थियो र यसै दिन पारेर फिल्म’छक्का पन्जा ४’ प्रदर्शनमा आएको थियो। जसले एक सातमा नै ६ करोडको व्यापार गरेको बताएको छ।

फिल्म ‘छ्डेके २’ असफल भएपछि नायक अनमोलले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै आफ्ना दर्शकसँग माफी समेत मागेका थिए। फिल्म असफल भएसँगै तनावमा रहेका अभिनेता पल शाह कुस्मा पुगेको धेरैको अनुमान छ ।

प्रकाशित : आइतबार, चैत ०५, २०७९१५:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थाईल्याण्डमा बिन्दास मूडमा अभिनेत्री साम्राज्ञी, देखाईन् आफ्नो लोभलाग्दो अवतार