एक वर्षको अन्तरालमा अभिनेता पल शाहको पारिश्रमिक दोब्बर, अब एक म्युजिक भिडियो खेलेको ३ लाख लिने ?

केही दिन पहिले अभिनेता पल शाहले आफूलाई लागेको आरोपमा सपाइ पाएपछि एक वर्षपछि जेल जीवनबाट छुटकारा पाएका थिए। अभिनेताले सपाइ पाएसँगै उनका समर्थक निकै खुसी भएर उनलाई फूल माला सहित अ भिर लगाएर स्वागत गरेका थिए। जेल जीवनबाट छुटकारा पाएसँगै अभिनेताले सञ्चार मध्यमसँग कुरा गर्दै आफू महाविश्वविद्यालयबाट बाहिरिएको बताएका थिए।
धेरै व्यक्तिको भनाइ छ की नेपाली म्युजिक भिडियो क्षेत्रमा पल शाहको ठुलो भूमिका छ। र उनी बिना नेपाली म्युजिक भिडियो क्षेत्र पछि परेको थियो। अब अभिनेताले जेल जीवनबाट छुटकारा पाएसँगै नेपाली म्युजिक भिडियो क्षेत्रको मुहार फेरिने अनुमान लागेका छन्।
तर अहिले सामाजिक सञ्जालहरूमा अभिनेताले लिने पारिश्रमिकको विषयमा चर्चा बढेको छ। यस भन्दा पहिले अभिनेता पल शाहले एक अन्तर्वार्ताले आफूले एक म्युजिक भिडियो खेलेको एक लाख देखि एक लाभ पचास हजारसम्म लिने गरेको बताएका थिए।
अहिले अभिनेता पललाई म्युजिक भिडियोका लागि प्रस्ताव गर्न गरेका म्युजिक भिडियो निर्माताहरू निरस भएर फर्केको खबर आएको छ। अब अभिनेताले आफ्नो पारिश्रमिक तीन लख लिने बताएपछि उनीहरू निराश भएर फर्किएको बताएको छ। म्युजिक भिडियोलाई ३ लाखको माग गर्दा फिल्मको लागि ४० देखि ५० लाख लिने पक्का छ। तर एक म्युजिक भिडियोको पारिश्रमिक ३ लाख माग गरेको विषयमा अभिनेताको तर्फबाट कुनै पनि आधिकारिक खबर भने आएको छैन।
प्रकाशित : आइतबार, चैत ०५, २०७९१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फिल्म असफलतापछिको तनाव भुलाउन अभिनेता अनमोल कुष्मामा, बन्जी जम्प र स्काई साइ:क्लिङ गर्दै !