उपेन्द्र यादवलाई संसद प्रवेश गर्ने ढोका खुल्यो !

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई संसद्मा प्रवेश गर्ने ढोका खुलेको छ । जसपा संसदीय दलका नेतासमेत रहेका बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्रमा उनले उपनिर्वाचन लड्ने आन्तरिक रणनीति बनाएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

जसपा अध्यक्ष यादवका विश्वास पात्रका रूपमा रहेका पूर्वमन्त्री यादव जसपाको महासचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका थिए । कलैयास्थित पन्नादेवी उच्च माविमा शिक्षण पेसामा संलग्न रहेका यादव २०६४ मा सांसदमा निर्वाचित भएपछि सरकारी शिक्षकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए ।

तत्कालीन मधेसी जनअधिकार फोमरमा लागेका यादव मधेस आन्दोलनमा सक्रिय मात्रै थिएनन् । प्रत्येक मधेस आन्दोलनमा बारा, पर्सा, रौतहटलगायतका जिल्लामा ‘कमान्डर’का रूपमा भूमिका निर्वाह गर्दै आएका थिए ।

जसपाले संसदीय दलका नेता यादवलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्रलाई बारा २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने रणनीति यसअघि नै बनाएको हो । उपराष्ट्रपति रामसहाय निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुनेछ । सत्तारूढ गठबन्धनभित्र समेत बारा २ मा हुने उपनिर्वाचनमा उपेन्द्रलाई सहयोग गर्ने आन्तरिक समझदारी बनेको छ । यद्यपि निर्णय गर्न भने बाँकी नै रहेको छ ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछि उपेन्द्र सुरक्षित क्षेत्र खोज्दै उपनिर्वाचनबाट संसद्मा पुन प्रवेशको मौकामा थिए । त्यसैले बारा २ उनी आफ्ना लागि सुरक्षित रहेकाले आफ्ना विश्वास पात्रलाई उपराष्ट्रपति बनाउने निर्णय पार्टीबाट गराए ।

आमनिर्वाचनका बेला उपेन्द्रलाई बारा २ र बारा ३ बाट उम्मेदवार हुन स्थानीय पार्टी कमिटीले सिफारिस गरेको थियो । तर, उनी सप्तरी २ नै रोजेका थिए । अब उनी बारा २ बाट उपनिर्वाचन लड्नेछन् ।

तर, जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले पार्टी अध्यक्ष उपनिर्वाचन लड्ने कि नलड्ने भन्ने’bout पार्टीभित्र छलफल वा कुनै निर्णय नभएको बताए ।

‘आगामी उपनिर्वाचन’bout पार्टीभित्र अहिले कुनै छलफल वा निर्णय भएको छैन । यद्यपि कुनै पनि सम्भावनामा जान सक्छौं, त्यसका लागि संसदीय बोर्ड र क्षेत्रीय समितिको बैठक बस्छ, निर्णय गर्छ’ प्रवक्ता सुमनले भने, ‘यसबारेमा सिधै केन्द्रीय समितिले समेत निर्णय गर्न सक्छ ।’

बारा २ यादव, साह, कुशवाहालगायतका जातीको बाहुल्य क्षेत्र हो । कांग्रेस र एमालेको संगठन बलियो भए पनि जातीय प्रभाव कसरी पर्छ भन्ने कुरा गत निर्वाचनमा पनि देखिएको थियो ।

प्रकाशित : शनिबार, चैत ०४, २०७९०८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपेन्द्र यादव विरुद्ध एक्सनमा सिके राउत, दुई पार्टी मिलेर पेल्ने !