उपेन्द्र यादव विरुद्ध एक्सनमा सिके राउत, दुई पार्टी मिलेर पेल्ने !

काठमाडौं । उपराष्ट्रपतिको शुक्रबार सम्पन्न निर्वाचनले तराई केन्द्रित राजनीति गरिरहेको जनता समाजवादी पाटी र लोसपाविरुद्ध विस्तारै मोर्चाबन्दीको संभावना बढेर गएको देखिएको छ । विशेष गरी सिके राउतको जनमत पार्टी र रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी जसपाको विपक्षमा मोर्चाबन्दीको संकेत देखिएको छ ।

त्यसैले उपराष्ट्रपतिको निर्वाचनमा यी दुई पार्टी तराई केन्द्रित भएर पनि आफ्नो अलग्गै उम्मेद्वारी दिए । तर यसले तराईमा जनता समाजवादीको उम्मेद्वार उपेन्द्र यादवभन्दा सप्तरीमा दोब्बर मतले सिके राउतले जिते । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

तराईको राजनीतिमा पुरानो शक्ति कमजोर हुँदै नयाँको उदय हुन विशेष चरित्र बन्दै आएको छ । अहिले तराईको राजनीतिमा सिके राउतको जनमत पार्टी र पश्चिम कैलाली राजनीति केन्द्रित रन्जिता श्रेष्ठको पार्टी नयाँ शक्तिका रूपमा उदाएका छन् । त्यसैले उनीहरू जसपा र लोसपासँग मिसिन चाहेनन् ।

त्यसैले उपराष्ट्रपतिमा अलग्गै उम्मेद्वार हुनु यो एउटा संयोग मात्रै होइन । जनमत पार्टीका गतिविधिले जसपा, लोसपा लगायतका दलमाथि चुनौती खडा गरिसकेको तत्काल चुनाव हुने हो भने पनि यो पार्टीले प्रदेश–२ मा चार÷पाँच सिट जित्ने स्थिति देखिन्छ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गरेका डा.राउत ‘स्वतन्त्र मधेस’को राजनीति गर्ने उद्देश्य बोकेर अमेरिकामा गर्दै आएको आकर्षक तलब सुविधासहितको जागिर छाडेर ०६९ मा नेपाल फर्केका थिए । जतिबेला उनी नेपाल फर्के, त्यो बेला मधेसी राजनीतिमा यादवको फोरम, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीको वर्चस्व थियो ।

त्यसबाहेक कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता राष्ट्रिय दल र बहुदलीय व्यवस्थाकालदेखि नै मधेसको राजनीति गर्दै आएको सद्भावना पार्टी पनि मधेसमा सक्रिय छँदै थिए । यस्तोमा मधेसलाई नेपालबाट अलग गरेर ‘स्वतन्त्र मधेस’ खडा गर्ने नाराको आडमा मधेसी राजनीतिमा डा.राउत स्थापित होलान् भन्ने कुरा धेरैका लागि कल्पनाबाहिरको विषय थियो ।

‘फोरम र तमलोपा विखण्डनको राजनीतिविरुद्ध थिए । कांग्रेस, एमाले र माओवादी पनि मधेसमा बलियै थिए । यस्तो बेला विखण्डनको राजनीति गर्न खोजेका राउत सफल होलान् र भन्ने लाग्थ्यो । तर विखण्डनको राजनीतिमा राउत असफल भए । गत १० वर्षको अवधिमा राउतले मधेसी राजनीतिमा आफूलाई प्रभावकारी व्यक्तिका रूपमा उभ्याइसकेका छन् ।’

०६९ सालमा नेपाल फर्केपछिका करिब सात वर्ष उनले पूर्वदेखि पश्चिमसम्मका मधेसका २२ जिल्लामा ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा गतिविधि सञ्चालन गरे । उनको संगठन बलियो थिएन । तर, ‘अमेरिकाको आकर्षक जागिर छाडेर आएको’ भन्ने प्रचारका कारण उनी मधेसमा आकर्षणको केन्द्र बने । व्यक्तिगत सुख–समृद्धिलाई त्याग गर्न सक्ने मधेसी नेताको रूपमा उनको परिचय स्थापित भयो ।

प्रकाशित : शनिबार, चैत ०४, २०७९०९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पोखराका अभिनाश चमत्कार, बनाए साइनबोर्ड मेसिन !