एकै सातामा सुनको मूल्य ५ हजार बढीले बढ्यो, सुन ४२ दिनकै महँगो !

काठमाडौँ – नेपाली बजारमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ। गएको केहि दिन देखि निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बजारका लागि तेजाबी सुनको मूल्य १ लाख ६ हजार ६ सय रुपैंयाँ तय गरेको छ।

यस साता सुनको मूल्य

यस साता सुनको मूल्य निरन्तर बढ्यो। साताको पहिलो दिन देखि बढेको सुनको मूल्य कुनै पनि दिन घटेन। यधपी सुनको मूल्य बुधबार भने स्थिर थियो। यस साता मात्रै सुनको मूल्य ५ हजार ३ सय रुपैंयाँले

सुन झन्डै ६ साताकै महँगो

मंगलबारको मूल्य वृद्धिसँगै नेपाली बजारमा सुन झन्डै ६ साताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन ४३ दिन अर्थात् माघ १९ यताकै महँगो भएको छ। त्यस दिन नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय र तेजाबी सुनको मूल्य १ लाख ७ हजार रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा रु ५ ले बढेको महासंघले जनाएको छ। नेपाली बजारमा आज चाँदी १ हजार ३ सय १० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, चैत ०३, २०७९१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपराष्ट्रपति निर्वाचनमा को-को उपस्थित भएनन् ?