माधव नेपालको पार्टीलाई गृह चाहियो, अन्य दुई पार्टी पनि गृह नछाड्ने मुडमा !

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एस, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन्। पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ। यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ। ‘गृह मन्त्रालयमा नेकपा एसका अतिरिक्त माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि तीव्र रुची देखाएका छन्,’ स्रोतले भन्यो।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह, अर्थ जस्ता मन्त्रालयमा कुन पार्टीले सम्हाल्ने भन्ने विवाद कायमै छ। विभिन्न दलका शीर्ष नेता नै गृह अर्थ जस्ता मन्त्रालयमा दावी गरिरहेको र त्यसमा पनि माधव नेपाल नेतृत्वको नेकपा एसका नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले नै गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने भन्दै आएका छन्।

नेकपा एसबाट उनीहरू दुईमध्ये एकले सरकारको नेतृत्व गर्ने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ मा विश्वासको मत लिने भन्दै बिहीबार संघीय संसद्मा पत्र पठाइसकेको र चैत ७ गतेबाट सरकार विस्तार हुने भएपछि तीन पार्टीले नै गृहमन्त्रालयको दावी गरेका हुन्।

प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिनेगरी यसअघिबाटै आन्तरिक रूपमा शीर्ष तहमा छलफल गरिरहेका छन्। उनले कांग्रेस, नेकपा एस, जसपालगायतका नेताहरू छलफल गरिरहेका छन्। गठबन्धन निर्माण र सरकारलाई टिकाउने विषयमा नेकपा एसको भूमिकालाई पन्छाउन मिल्दैन त्यसकारण हामीले सरकारका जानका लागि महत्वपूर्ण र जनताका लागि सेवा प्रदायक मन्त्रालय दाबी गरेका हांै,’

नेकपा एसका प्रवक्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने। जसअनुसार कांग्रेसले ८ देखि १० मन्त्रालय पाउने र नेकपा एसले ३ मन्त्रालय पाउने भएका छन्। ‘हामीले ३ मन्त्रालयको दाबी गरेका छौं। त्यसमा पनि गृह मन्त्रालय पाउनुपर्छ भन्ने दाबी छ,’ प्रचार विभाग खतिवडाले भने।

अहिले प्रधानमन्त्रीसँग १६ वटा मन्त्रालय रहेका छन्। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस ११ गते मन्त्रिपरिषद्लाई पहिलोपटक विस्तार गरेका थिए। तर, त्यसयता उनको मन्त्रिपरिषद् निरन्तर अस्थिर भएकाले १६ वटा मन्त्रालय एक्लै सम्हाल्नु परेको थियो। पुस १० मा एमालेलगायतका दलसँग गठबन्धन गरेका दाहालले फागुन १२ देखि एमालेसँग गठबन्धन तोडेर कांग्रेससहितको नयाँ सत्ता गठबन्धन निर्माण गरेका थिए।

फागुन १२ अघि नै उनको मन्त्रिपरिषद् पूर्ण थिएन। बरु त्यहीबीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाएको थियो। त्यसपछि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सरकारबाट बाहिरिएपछि दाहालले फागुन १६ यता १६ वटा मन्त्रालयको जिम्मेवारी आफूसँग राखेका छन्।

प्रकाशित : शुक्रबार, चैत ०३, २०७९०८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपेन्द्र यादवलाई संसद प्रवेश गर्ने ढोका खुल्यो !