सूर्यदेवले गर्यो मीन राशिमा प्रवेश : चैत्र महिनाभर सावधान रहनुस् यी राशिहरु, हुनेछ नोक्सानदायक सिद्ध

काठमाडौँ : – वैदिक ज्योतिषशास्त्र अनुसार ग्रहहरूले निश्चित समयको अन्तरालमा राशि परिवर्तन गर्छन्, जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिनेछ। साथै यो परिवर्तन कसैको लागि सकारात्मक रहन्छ भने कसैको लागि नकारात्मक हुनेछ। ग्रहहरुको राजा सूर्यले चैत्र १ गते बुधबारको दिन मीन राशिमा प्रवेश गरेको छ। यस गोचरको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर ३ राशिका जातक यस्ता छन्, जसले यस अवधिमा केही सावधानी अपनाउन आवश्यक छ। आउनुहोस्, जानौँ ती राशिहरु कुन-कुन हुन् त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सूर्यदेवको राशि परिवर्तन मेष राशिका लागि अलिकति हानिकारक साबित हुन सक्छ। सूर्यदेवले तपाई राशिबाट १२ औँ भावमा गोचर गरेको छ। त्यसैले यस समय केही फजूल खर्च हुन् सक्छ, जसले गर्दा तपाईको बजेट बिग्रन सक्छ। स्वास्थ्य उपचारमा धन खर्च गर्नुपर्नेछ। यस समयमा तपाई मानसिक तनावबाट ग्रसित हुन सक्नुहुन्छ। जीवनसाथीसँग कुनै विषयमा मतभेद हुन सक्छ। दुर्घटनाको सम्भावना सृजना हुने भएकाले सवारी चलाउँदा सावधानी अपनाउनु पर्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सूर्य ग्रहको गोचर तपाईका लागि हानिकारक साबित हुन सक्छ। सूर्य देवले तपाईको राशिबाट सप्तम भावमा गोचर गरेको छ। त्यसैले यो अवधिमा आफ्नो जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्। झगडा र वादविवादको सामना गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा वरिष्ठ तथा कनिष्ठ अधिकारीसँग विवाद हुन् सक्छ। त्यसैले बहसबाट टाढै रहनुहोस्। अहिले नै नयाँ काम सुरु नगर्नुहोस्। साथै कतै पैसा लगानी नगर्नुहोस्। आमासँगको सम्बन्ध पनि बिग्रन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सूर्यको राशि परिवर्तन मकर राशिका लागि प्रतिकूल साबित हुन सक्छ। किनभने यो गोचर तपाईको राशिबाट तेस्रो भावमा भएको छ। त्यसैले यस समयमा दाजुभाइ तथा दिदीभाईसँग मनमुटाव हुन सक्छ। यससँगै आर्थिक नोक्सानी वा सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ। त्यसैले नयाँ ठाउँमा लगानी नगर्नुहोस्। त्यस्तै यस समयमा तपाईले आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गर्नुपर्नेछ। यदि तपाई व्यापार-व्यवसाय गर्नुहुन्छ भने तपाईका केही सम्झौताहरू बीचैमा रोकिन सक्छन्।

प्रकाशित : बिहिबार, चैत ०२, २०७९१३:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति: जीवनसाथीको बारेमा सधैं ध्यान राख्नुपर्ने यी कुरा, नत्र होला जिन्दगी नै बर्बाद !