सार्वजनिक कार्यक्रममा सक्रिय हुन थाले अभिनेता पल शाह, महोत्सवमा सहभागी हुँदै !

अभिनेता पल शाह (पूर्णविक्रम शाह) गत फागुन १५ गते यौन दुर्व्यवहारको अभियोगमा सफाइ पाएका थिए। गत वर्ष फागुन १५ गते नै अभिनेताले बलात्कारको आरोप लागेपछि प्रहरीमा आत्मसमर्पण गरेका थिए। अहिले आफूलाई लागेको आरोपमा सफाइ पाएसँगै अभिनेता विभिन्न कार्यक्रम सहभागी हुन् थालेका छन्।

आज अभिनेता पल शाह रुकुमको मुसिकोटमा जारी महोत्सवमा सहभागी हुन हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन्। अहिले अभिनेताले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका छन्।

गत वर्ष फागुन १५ गते नाबालिग बला:त्कार गरेको आरोप लागेपछि प्रहरी हिरासतमा आत्मसमर्पण गरेका अभिनेता पल शाह जिल्ला कारागार, तनहुँबाट रिहा भएका हुन्। अभिनेता पल शाह विरुद्ध एक नाबालिग गायिकाले गत वर्ष फागुन ११ गते फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी परेको थियो।

अहिले अभिनेता पल शाहले आफूलाई लागेको आरोपमा सफाइ पाएपछि सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी भएको छ। साथै विभिन्न कलाकारले अभिनेतालाई सफाइ पाएकोमा बधाई दिएका थिए।

प्रकाशित : बुधबार, चैत ०१, २०७९१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खानसँग कम गरेकी पलक भन्छिन्, बुवा जस्तै….