सलमान खानसँग कम गरेकी पलक भन्छिन्, बुवा जस्तै….

एजेन्सी- बलिउड अभिनेता सलमान खान चाँडै नै फिल्म ‘किसी का भाइ किसीकी जान’मा देखिने भएका छन्। अभिनेता सलमान खानको फिल्मलाई लिएर दर्शक निकै उत्साह रहेको छ र यसको प्रदर्शन हुने मितिको प्रतिक्षामा रहेका छन्। शहनाज गिल र श्वेता तिवारीकी छोरी पलक तिवारीले पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दै छिन्। यस्तो अवस्थामा पलकले हालै एक अन्तर्वार्तामा सलमान खान र फिल्मलाई लिएर प्रतिक्रिया दिएकी छिन्।

पलक तिवारी एक सोसल मिडिया स्टार हुन् र उनी बलिउडमा ‘किसी का भाई किसी की जान’ बाट डेब्यू गर्दै छिन्। भारतीय मिडिया रिपोर्ट अनुसार पलकले फिल्म र सलमानको बारेमा केही भनेकी छिन्, ‘मलाई लाग्थ्यो की सलमानसँग एउटै सेटमा बस्न निकै गाह्रो हुनेछ र म सधैँ नर्भ:स भइरहनेछु । तर उनी सेटमा बाबु जस्तै थिए। हामी सबैको ख्याल होस् भन्ने भन्ने कुराको पूरा ख्याल राख्थे र साथ-साथै हाम्रो खानपान पनि जारी रहोस्।

पलक तिवारी आफ्नी आमा श्वेता तिवारी जत्तिकै सुन्दर छिन् र स्टाइलमा उनीभन्दा एक कदम अगाडि छिन्। पलक इन्स्टाग्राममा निकै सक्रिय छिन् र प्रायः उनका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन्।

पलकको तस्बिर र भिडियोमा फरक-फरक स्टाइलमा देखिन्छन्। कहिले पलक एकदम स्वदेशी स्टाइलमा देखिएकी हुन्छिन् भने कहिले निकै बो-ल्ड स्टाइलमा देखिन्छिन्। इन्स्टाग्राममा पलकका ३.५ मिलियन फलो:अर्स छन्।

सालमान खानको आगामी फिल्म ‘किसी का भाइ किसिकी जान’ सन् २०२३ को इदमा रिलिज हुँदैछ र त्यसअघि फिल्मका दुई गीत रिलिज भइसकेका छन्।

प्रकाशित : बिहिबार, चैत ०२, २०७९१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा सक्रियता बढ्दै अभिनेत्री आँचल शर्माको, हेर्नुहोस् !