७०० वर्षपछि एकैपटक बन्दै ५ पाँच राजयोग, यी ४ राशिको हुनेछ दुबै हातमा लड्डु !

वैदिक ज्योतिषमा ग्रहहरूको ग्रह तथा नक्षत्र परिवर्तनलाई धेरै महत्त्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनले बन्ने योगले व्यक्तिको जीवनमा विशेष प्रभाव पार्छ। ग्रहहरूको गतिका कारण ७०० वर्षपछि एउटा विशेष संयोग बन्दैछ। जसका कारण एकसाथ ५ राजयोगको सिर्जना भइरहेको छ।

यस्तो अवस्थामा पहिलो केदार राजयोग, दोस्रो मालव्य राजयोग, तेस्रो चतुष्चक्र राजयोग, चौथो महाभाग्य राजयोग र पाँचौँ हंस राजयोग बनिरहेको छ। यी योगहरूले सबै १२ राशिमा पनि प्रभाव पार्नेछ। तर, यीमध्ये चार राशि यस्ता छन् जसलाई ७०० वर्षपछि बनेका यी ५ राजयोगबाट अथाह लाभ पाउनेछन्।

कर्कट राशि

यी ५ राजयोगले कर्कट राशिको जीवनमा निकै लाभदायक प्रभाव पार्नेछ। यस राजयोगको कारण अप्रत्याशित आर्थिक लाभ प्राप्त गर्न सक्नुहुनेछ। करियरमा सफलता मिल्नेछ। यस समयमा व्यवसायमा धनको वर्षा हुनेछ। यात्राको अवसर पनि मिल्नेछ।

मिथुन राशि

मिथुन राशिका लागि यो राजयोग निकै भाग्यशाली साबित हुने देखिन्छ। आफ्नो इच्छा पूरा गर्नको लागि मिहिनेत गरेमा ठूलो सफलता मिल्नेछ। यस समयमा आर्थिक स्थितिमा सुधार आउनेछ। आकस्मिक धन लाभ पनि हुनसक्छ। चाहेको काम वा तपाईको सपनाको काम पनि पाउन सक्नुहुन्छ।

कन्या राशि

कन्या राशिको कुण्डलीमा मालव्य राज योग बन्ने भएकाले यस समयको हरेक चरणमा आफ्नो जीवनसाथीको पूर्ण सहयोग पाउनुहुनेछ। अविवाहितहरूले पनि आफ्नो मनपर्ने जीवनसाथी पाउन सक्नेछन्। व्यवसाय विस्तार गर्न र मनग्य आम्दानी गर्ने नयाँ अवसरहरू फेला पार्न सकिन्छ। विवाहित दम्पतीले सन्तान प्राप्तिको शुभ समाचार पाउन सक्नेछन्।

मीन राशि

७०० वर्षपछि बन्ने यी ५ राजयोगका कारण मीन राशिका व्यक्तिको समाजमा सम्मान बढ्नेछ। काममा उच्च उपलब्धि हुनेछ र समयमै लक्ष्य पूरा हुनेछ। व्यापार-व्यवसायमा राम्रो लाभ हुनेछ र मनग्य धन आर्जन हुनेछ। यदि कुनै कारणले रोकिएको काम थियो भने यो अवधिमा पुन: सुरु हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन ३०, २०७९१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मङ्गल गोचर : बैशाख अन्तिमसम्म ४ राशिका जातक रहनुस् सावधान, समस्याले घेरिन सक्छ जीवन