काठमाडौँ : – प्रत्येक ग्रह गोचरको एक विशेष महत्व हुन्छ र यसले प्रत्येक राशिलाई प्रभावित पार्छ। एक अर्को महत्वपूर्ण ग्रह मङ्गलले गत फाल्गुन २९ गते सोमबार मिथुन राशिमा गोचर गरेको छ। यस राशिमा मङ्गल बैशाख २७ गतेसम्म विराजमान रहनेछ। यो गोचरले १२ वटै राशिका व्यक्तिका जीवनमा महत्वपूर्ण केही सकारात्मक र केही नकारात्मक बदलाव ल्याउनेछ।
वैदिक ज्योतिषमा मङ्गल ग्रहले कुनै व्यक्तिको जन्मकुण्डलीमा ठूलो महत्व राख्छ। यसलाई एक अशुभ ग्रह मानिन्छ, जसको अर्थ यसको प्रभावले व्यक्तिको जीवनका धेरै पक्षहरुमा चुनौती र अवरोधहरू आउन सक्छन्। मङ्गल ग्रह शारीरिक शक्ति, ऊर्जा, साहस र आक्रामकतासँग सम्बन्धित छ। यो मेष र वृश्चिक राशिको स्वामी ग्रह हो। मङ्गल ग्रहलाई ग्रहहरुको सेनापति मानिन्छ। मङ्गल ग्रहको गोचरबाट कुन राशिका व्यक्तिले सतर्कता अपनाउनुपर्छ त।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मिथुन राशिमा मङ्गलको गोचर कर्कट राशिका जातकको बाह्रौँ भावमा हुनेछ, जुन सामान्यतया तपाईको ग्रह स्थितिको लागि अनुकूल छैन्। करियरको सन्दर्भमा तपाईले आफ्नो काममा अचानक परिवर्तन गर्नुहुनेछ र यो समय व्यावसायिक जीवनको लागि सजिलो हुनेछैन। शक्ति र साहसमा कमी आउन सक्छ, जसकारण तपाईले बेचैन महसुस गर्नेछन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका मानिसहरूका लागि मङ्गलको यो गोचर अष्टम भावमा हुनेछ, जसको प्रत्यक्ष प्रभाव स्वास्थ्यमा पर्नेछ। तपाईको बोली र संवादमा केही प्रभाव पर्न सक्छ जसले तपाईको कार्यस्थलमा समस्या ल्याउन सक्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
मिथुन राशिमा मङ्गलको गोचर धनु राशिका जातकको सप्तम भावमा हुनेछ र दशम भावमा दृष्टि रहनेछ। तपाईको करियरको सन्दर्भमा केही असुरक्षित भावनाहरू देखा पर्न सक्छ, जुन तपाईंको दिमागमा हुन सक्छ तर कार्यस्थलमा केही समस्याहरू सिर्जना गर्न सक्छ। त्यसैले तपाईलाई कुनै पनि प्रकारको असुरक्षाबाट बच्न र आफ्नो कार्यहरूमा पूर्ण रूपमा ध्यान दिन सल्लाह दिइन्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
व्यवसायिक साथै पारिवारिक मामिलामा समस्या उत्पन्न हुनेछ। अचानक जागिर परिवर्तन हुन् सक्छ। व्यापार-व्यवसायमा जोखिम मोल्नको लागि पनि यो समय अनुकूल छैन।