काठमाडौँ : – सूर्य र राहुको संयोगले ग्रहण योग तथा बृहस्पति र राहुको योगले गुरु चण्डाल दोष निर्माण हुनेछ। मेष राशिमा सूर्य, गुरु र राहुको योग बैशाख ९ गते शनिबार हुँदैछ। यो संयोगमा शनिदेवको दृष्टि रहनेछ, जसले देश र दुनियाँमा झनै नकारात्मक प्रभाव पार्नेछ। आउनुहोस्, जानौँ यी योगले देश-दुनियाँमा कस्ता उथल-पुथल ल्याउने सम्भावना छ त।
१. आगलागीका घटना : – जबसम्म सूर्य मेष राशिमा राहु र बृहस्पतिसँग योग बनाएर बस्छ तबसम्म देश या दुनियाँमा कुनै भयानक आगलागी हुन् सक्छ। कुनै वनजङ्गलमा लागेको आगलागी राष्ट्रिय समाचार बन्न सक्छ।
२. जनमानसमा आक्रोश : – मेष राशिमा यी तीन ग्रहको संयोगका कारण राजनीतिक उथलपुथल देखा पर्न सक्छ। सरकारको कुनै निर्णयले जनतालाई उक्साउने र जनता सडकमा उत्रिएर आन्दोलन गर्ने सम्भावना छ।
३. भूकम्प, सुनामी या ज्वालामुखी : – संसारका कुनै ठाउँमा यतिबेला कुनै ठूलो भूकम्प या ज्वालामुखी आउन सक्छ।
४. युद्ध : – जसरी अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ, अरु कुनै देशबीच पनि युद्ध सुरु हुन् सक्छ। संसारभर आतंकवाद फैलिन सक्छ।
५. आर्थिक सङ्कट : – यो संयोगको क्रममा देशमा आर्थिक सङ्कट बढ्न सक्छ। यसबीच शेयर बजार र सुनको भाउमा अचानक ठूलो परिवर्तन देखिन सक्छ।
६. भयानक महामारी : – आयु दाता तथा जीवन रक्षक बृहस्पति ग्रहको राहुको कारणले देश र संसारमा यस्तो कुनै पनि रोग आउन सक्छ, जसका कारण हजारौं मानिसको ज्यान जोखिममा पर्न सक्छ।