गायिका समीक्षा अचानक अष्ट्रेलियामा, भन्छिन् : ‘जिन्दगीको खेललाई सजिलै नकार्न कँहा सकिन्छ’

नेपाली गायन क्षेत्रमा उदाउँदै गरेकी गायिका समीक्षा अधिकारी गायिका समीक्षा अधिकारी अष्ट्रेलियामा हुन् लागेको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिन अष्ट्रेलियामा पुगेकी छिन्। जब गायिका समीक्षा अचानक अष्ट्रेलिया जाँदा मानिसहरूले विभिन्न टिक्का टिप्पणी गरेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा गायिका समीक्षाको बारेका नकारात्मक टिप्पणी बढी आउने गरेपछि उनलाई सामाजिक सञ्जालमा कमै सक्रिय पाउन सकिन्छ।

अहिले गायिकाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गरेकी छिन्। पोस्ट सार्वजनिक गर्दै जिन्दगीको खेललाई सजिलै नकार्न नसकिने कुरा उल्लेख गरेकी छिन्। साथै गायिकाले अष्ट्रेलिया द्वारा आयोजित रकडेल होली मेलामा आफ्नो प्रस्तुति दिने पनि बताएकी छिन्।

यस प्रकार छ गायिकाले सार्वजनिक गरेको पोस्ट: जिन्दगीको खेललाई सजिलै नकार्न कँहा सकिन्छ र तरपनि दुख अनि सुखलाई आत्मसाथ गर्दै अस्ट्रेलियाको यात्रामा छु। कमेरो ईभे:-न्टस अष्ट्रेलिया द्वारा आयोजित रकडेल होली मेला २०२३ मा हजुरहरूसँगै होली मनाउनको लागि म पनि आउँदैछु अनि हजुरहरू पनि आउनु है त ।

अहिले उनले सार्वजनिक गरेको पोस्टमा हजारौँ लाइक-कमेन्ट आइरहेको छ। पोस्टमा केही सकारात्मक कमेन्ट आइरहेको छ भने केही नकारात्मक कमेन्ट आइरहेको छ।  तर गायिका कहिले नेपाल फर्किने हो त्यस विषयमा केही खुलासा गरेकी छैनन् ।

प्रकाशित : मङ्गलबार, फागुन ३०, २०७९१२:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० महिना पनि टिकेन अभिनेत्री वर्षाको वैवाहिक जीवन, श्रीमान आशिषले गरे दोस्रो विवाह !