अहिलेको समयमा अभिनेत्री प्रियंका कार्की फिल्म क्षेत्र भन्दा पनि सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन्। पछिल्लो समय अभिनेत्रीलाई फिल्म भन्दा पनि म्युजिक भिडियो र सामाजिक सञ्जालमा सक्रिय पाउन सकिन्छ। केही समय पहिले अभिनेत्री प्रियंका अभिनीत फिल्म ‘ची मुसी ची’ प्रदर्शनमा आएको थियो। जसले खासै राम्रो प्रदर्शन गर्न सकेन।
पछिल्लो समयमा अभिनेत्री प्रियंका भन्दा पनि उनको छोरीको तस्बिर तथा भिडियोको प्रतीक्षामा हुने गर्दछन्, मानिसहरु अभिनेत्री प्रियंका भन्दा पनि उनको छोरी अयांकालाई सामाजिक सञ्जालमा बढी खोज्ने गर्छन्। जब अभिनेत्री उनको छोरीको तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् तब भाइरल हुन् केही समय पनि लाग्दैन।
यसको साथै अभिनेत्री पछिल्लो समय सामाजिक सञ्जालहरुमा सक्रिय रुपमा देखिने गरेकी छिन्। अहिले सामाजिक सञ्जालहरूमा अभिनेत्रीले सार्वजनिक गरेका केही तस्बिर निकै भाइरल भएको छ। तस्बिरमा अभिनेत्री निकै बो:-ल्ड अवतारमा देखिएकी छिन्।
केही दिन पहिले फिल्म ‘फूलबारी’ प्रदर्शनमा एको थियो, जसमा अभिनेत्री प्रियंकाको अभिनय रहेको थियो। फिल्म ‘फूलबारी’ लाई दर्शकले निकै रुचाएका थिए।
तस्बिर स्रोत: प्रियंका कार्की इन्स्टाग्राम