ह्वात्तै बढ्यो सुनको मूल्य, सुन २५ दिनकै महँगो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। गएको साता निरन्तर घटबढ भएको सुनको मूल्य नेपाली बजारमा यस साताको पहिलो दिन नै बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैंयाँले नै बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बजारका लागि तेजाबी सुनको मूल्य १ लाख ३ हजार रुपैंयाँ तय गरेको छ।

सुन ३ साता भन्दा बढी समयकै महँगो

आइतबारको मूल्य वृद्धिसँगै नेपाली बजारमा सुन ३ साता भन्दा बढी समयकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन २५ दिन अर्थात् फागुन ३ गते यताकै महँगो भएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा रु २५ ले बढेको महासंघले जनाएको छ। नेपाली बजारमा आज चाँदी १ हजार २ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, फागुन २८, २०७९१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केहि दिनमै सुनको मूल्य ३ हजार बढीले बढ्यो, सुन ३२ दिनकै महँगो !