केहि दिनमै सुनको मूल्य ३ हजार बढीले बढ्यो, सुन ३२ दिनकै महँगो !

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख चार हजार एक सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख तीन हजार थियो ।

शुक्रबार, आइतबार र सोमबार लगातार तीन दिनमा सुनको मूल्य ३ हजार १ सय रुपैंयाँले बढेको छ। यस वृद्धिसँगै सुन महिना दिनकै महँगो भएको छ। महासङ्घको तथ्यांक अनुसार नेपाली बजारमा सुन माघ २६ गते अर्थात ३२ दिनकै महँगो भएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० वृद्धि भई रू एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित : सोमबार, फागुन २९, २०७९१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी ! कति ?