कपिल शर्मा शो’ मा देखिँदै भारतीय प्रधानमन्त्री मोदी ? कपिल शर्माले गरे खुलासा!

एजेन्सी- हालै सामाजिक सञ्जालमा एक अन्तर्वार्ता भाइरल भएको छ। अन्तर्वार्तामा कपिल शर्माले आफूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको बेला उनको कमेडी शोमा पाहुनाको रुपमा उपस्थित हुनका लागि प्रधानमन्त्री मोदीलाई निम्तो दिएको बताएका छन्। कपिलले भने प्रधानमन्त्री मोदीले आफ्नो शोमा आउन स्पष्ट रूपमा अस्वीकार गरेनन्, तर उनलाई प्रधानमन्त्रीको जवाफ कपिललाई मन परेको छ।

अन्तर्वार्तामा कपिललाई एक अन्तर्वार्तामा प्रश्न सोधिएको थियो, ‘के तपाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो कार्यक्रममा ल्याउन चाहनुहुन्छ ?’ यस प्रश्नको जवाफ दिँदै कपिलले आफूले प्रधानमन्त्री मोदीलाई कार्यक्रममा उपस्थित हुन निम्तो दिएको खुलासा गरे। कपिलले भने कि प्रधानमन्त्री मोदीले आफ्नो शोमा आउने बारेमा स्पष्ट रूपमा अस्वीकार गरेनन्, तर उनलाई प्रधानमन्त्रीको जवाफ मन मन परेको बताए।

कपिलले भने, “जब मैले व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीलाई भेटेँ, मैले उहाँलाई भने, सर, हाम्रो शोमा पनि आउनुहोस्। त्यति बेला उनले मलाई अस्वीकार पनि गरेनन्। उनले भने- ‘अब मेरा विरोधीहरूले धेरै कमेडी गरिरहेका छन्।’ तर कपिलको निम्तोलाई भारतीय प्रधानमन्त्रीले अस्वीकार भने गरेनन्।

कपिलले थप भने, ‘यदि उहाँ कहिल्यै आउनुभयो भने त्यो मेरो लागि सम्मान हुनेछ। कपिलले प्रधानमन्त्री मोदीको फ:नी स्टाइललाई सारा संसारले हेर्न चाहेको बताए। उनले भने-

कपिलले दर्शकसामु फिल्म  ‘ज्विगेटो लिएर आउने भएका छन्। चलचित्र १७ मार्चमा रिलिज हुँदैछ। यस फिल्ममा कपिल मुख्य भूमिकामा छन् र अहिले फिल्मको प्रचारमा व्यस्त छन्। चलचित्रको ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ। दर्शकलाई हँसाउने कपिल शर्माले यस फिल्मबाट मानिसलाई भावुक बनाउने भएका छन्।

प्रकाशित : आइतबार, फागुन २८, २०७९११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विदेश पुगेर समुन्द्र किनारामा रमाउँदै अभिनेत्री प्रियंका, तस्बिर सहित!